नेभिगेसन मेनु

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
सम्पादक:南亚网络电视
लेखक: रासस
समय:2023-06-05 15:24

_death

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका–१९ का २७ वर्षीय सन्तोष गुरूङको दुर्घटनामा परेर मृत्यु भएको हो । 

गुरुङले चलाएको ना ६४ प ६७० नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजेतिर भरतपुर–५ कल्याणपुरको भित्री सडकमा अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनाका कारण गुरूङको नाक र मुखमा गहिरो चोट लागेको थियो । 

भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत गुरुङको आज बिहान ३ बजेतिर मृत्यु भएको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिनुभयो । मृतक गुरुङको शव शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर