नेभिगेसन मेनु

खोला उत्खननमा अनियमितता गरेको आरोप गौशाला नगरपालिकाविरुद्ध कारवाहीको सिफारिस
सम्पादक:南亚网络电视
समय:2023-05-31 12:48

utkhanan

खोला उत्खननमा अनियमितता गरको भन्दै जिल्ला समन्वय समिति महोत्तरीले गौशाला नगरपालिकाविरुद्ध कारवाही अघि बढाएको छ । समितिले अनियमितताका प्रमाणसहित मधेश प्रदेशस्थित वन तथा वातावरण मन्त्रालयमा मङ्गलबार कारवाहीका लागि सिफारिस गरेको हो । 

गौशाला नगरपालिकाले मडाहा खोला उत्खननका लागि दुई वटा ठेकेदार कम्पनीलाई चार प्याकेजमा एक महिना (जेठ) का लागि ठेक्का लगाएको थियो । तर अनुगमनका क्रममा नरपालिकाले वातावरणीय प्रभाव मूल्याङ्ककन प्रतिवेदन (आइइई) विपरित कार्यादेश दिएको पाइएकाले कारवाहीको सिफारिस गरको समितिले जनाएको छ ।

समिति अध्यक्ष तथा अनुगमन समिति संयोजक सुमन लाल कर्णकाअनुसार जेठ ५ गते अनुगमन टोलीले मडाहा खोला निरीक्षण गरेको थियो । त्यस क्रममा नौ वटा स्काभेटरले खोला उत्खनन गरिहेको, २६ थान टिप्पर प्रयोग गरिएका, ६ फिटभन्दा गहिरो खाल्डो खनिएका र तोकिएको परिमाणभन्दा बढी उत्खनन् गरेको पाइएपछि कारवाही प्रक्रिया अगाडि बढाएको संयोजक कर्णले बताउनुभयो । समितिले सोही समयदेखि अर्को आदेश नआएसम्मका लागि मडाहा खोला उत्खननमा समेत रोक लगाएको थियो ।

‘‘जिम्मेवारीबाट विमुख भई वातावरण संरक्षण ऐन विपरित उत्खननका लागि कार्यादेश दिएकोले वातावरण संरक्षण ऐन २०७६ को दफा ३५ को उपदफा १ (ख) बमोजिम हुने गरी गौशाला नगरपालिकाविरुद्ध जरिवानाको माग दाबी गर्दै मन्त्रालयमा सिफारिस गरेका हो,’’ कर्णले भन्नुभयो, ‘‘सिफारिससाथ हामीले अनियमितताका प्रमाणसमेत मन्त्रालयमा पेस गरेका छौं ।’’

कसुर ठहरेमा गौशाला नगरपालिकामाथि मन्त्रालयले १० लाख रुपियाँसम्म जरिवान गर्न सकने जानइएको छ ।

ठेकेदार कम्पनीले भने जिसस र नगरपालिका विवादमा आफनो रोजिरोटी र लगानी डुब्न लागेको गुनासो गरेका छन् । आफूहरुले नगरपालिकाको कार्यादेशको अधिनमा रहेर उत्खनन् गरेको ठेकेदार अनिष कन्स्ट्रसनका मिथलेस साहको दाबी छ ।

साहकाअनुसार नौ महिनाका लागि लाग्ने खोला ठेक्का विधि प्रक्रिया र विवाद मिलाउँदैमा आठ महिना ढिलो भयो ।

गौशाला नगरपालिकाले भने नगर कार्यपालिकाबाट निर्णय गराई अनिष कन्स्ट्रक्सन र पौडेल निर्माण सेवालाई मडाहा खोलाको चार वटा प्याकेज करिब एक करोड ७१ लाख रुपियाँमा जेठ महिना भरिका लागि ठेक्का लगाएको जनाएको छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर