नेभिगेसन मेनु

दलित बस्तीमा खानेपानी अभाव
सम्पादक:南亚网络电视
समय:2023-05-03 12:24

pani

बढ्दो खडेरीसँगै भूमिगत पानीको स्रोत सुक्न थालेपछि रौतहटको एक दलित बस्तीमा खानेपानी अभाव भएको छ। 

गुजरा नगरपालिका–५, लक्ष्मीपुरको मुसहर बस्तीमा रहेको खानेपानीको एक मात्र धारा सुक्दै गएपछि खानेपानी अभाव भएको हो। कुल २८ घरधुरी रहेको उक्त बस्तीमा खानेपानीको एउटा मात्र धारा छ। २०७२ सालमा ‘डिप बोरिङ’ गरी निर्माण गरिएको उक्त धारामा अन्य उपकरणको सहायताबिना नै स्वतः पानी आउँछ। सो वडामा त्यस्ता धारा छवटा थिए। तीमध्ये पाँचवटा सुकिसकेका छन्। 

दलित बस्तीमा रहेको उक्त धारा पनि सुक्ने अवस्थामा पुगेको बस्तीका अनुप माझीले बताउनुभयो। उहाँका अनुसार चैत वैशाखको खडेरीमा पानीको भूमिगत स्रोत सुक्दै गएका कारण धारामा पानी कम आउन थालेको हो। पानी कम आउँदा बस्तीमा पानीको अभाव भएको छ। “पिउने पानीका लागि छिमेकी गाउँको भर परेका छौँ। पानी अभावका कारण खानेपानीको समस्या त छँदै छ, घरपालुवा जनावर र पन्छीसमेत प्रभावित बनेका छन्,” उहाँले भन्नुभयो। 

बस्ती नजिकै रहेको आधारभूत विद्यालयका बालबालिका र शिक्षक, कर्मचारीसमेतले सोही धाराको पानी पिउने गरेको प्रधानाध्यापक रामदरश चौधरीले बताउनुभयो। उहाँले भन्नुभयो, “धारामा पानी पर्याप्त आउँदा बालबालिकालाई पानी पिउन निकै सहज थियो। पानी कम आउन थालेपछि पानी पिउन निकै समय कुर्नुपर्ने भएको छ। पानी पिउन बालबालिका तँछाडमछाड गर्छन्। पानी पुरै सुक्यो भने त बस्ती र विद्यालयमा पानीको हाहाकार पर्छ।”

बस्तीकी अगुवा महिला राजवती माझीले धाराको पानी सुक्दै गएका कारण सिङ्गो बस्ती र विद्यालय प्रभावित बनेको अवस्थाबारे नगरपालिकाका प्रमुख सन्तलाल चौधरीलाई जानकारी गराएको बताउनुभयो। उहाँका अनुसार नगरप्रमुख चौधरीले धाराको विकल्पबारे चासो लिनुभएको छ।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर