नेभिगेसन मेनु

भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण
सम्पादक:南亚网络电视
समय:2023-05-18 12:51

sdfg

खुरुङ्गा १ का मंजिता कुमारी लामा भन्नुहुन्छ, जग्गामा घर बनाएर बसे पनि वर्षौँदेखि घरमा विधुतको उज्यालो हेर्ने सपना आज पुरा भएको छ । जग्गाधनी लालपुर्जा नभएर घरमा विधुत लाइन थिएन , धाराको आउँदैनथ्यो , चाहेर पनि दैनिक जीविकोपार्जनका थुप्रै गर्जो टार्न नसकेको पिडाबाट आजबाट मुक्ति पाउनेमा असाध्यै खुसी छु। उहाँले सुनाउनुभयो ।

सप्तरीको खुरुङ्गा नगरपालिकाको वडा नम्बर १ का १६ परिवार भूमिहीन सुकुम्वासीलाई जग्गा धनी लालपुर्जा वितरण गरिएको खुरुङ्गाका नगरप्रमुख गीता चौधरीले जानकारी दिनुभयो । प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीको विशेष उपस्थिति तथा राष्ट्रिय भूमि आयोग सप्तरीका अध्यक्ष हरेराम यादवको उपस्थितिमा  सुरुङमा नगरपालिका वडा नम्बर एकका अध्यक्ष छत्र बहादुर राउतको अध्यक्षतामा उक्त लालपुर्जा वितरण कार्यक्रम सम्पन्न भएको थियो । 

सुरुङगामा दुई महिना भएको ४२ वटा कित्ता नाप जाँच भएको पनि लालपुर्जा १६ वटा मात्रै तयार भइसकेको र अन्यमा कतै जङ्गलको त कुनै नदीको वा फर्जी फर्म भरेको जस्ता प्राविधिक समस्याको कारण बाँकी रह्यो । यद्यपि वितरण कार्य निरन्तर रहने नगर प्रमुख गीता चौधरीले बताउनुभयो । खुरुङ्गामा सुकुम्वासी थोरै भए पनि १८ सय ५३ अव्यवस्थित वसावासी रहेको छ ।

यस अघि अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा ४ मा ६८ र वडा ५ मा १७ गरी ८५ जना भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिसकिएको राष्ट्रिय भूमि आयोग सप्तरीका सदस्य सचिव शत्रुध्न यादवले जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर