नेभिगेसन मेनु

कार्य सम्पादन मुल्याङ्कनमा गौर नगरपालिका प्रथम
सम्पादक:南亚网络电视
समय:2023-05-22 16:23

gaur-npa-mayor-jholunge-pul-silanyas

वित्तिय समानीकरण अनुदानअन्तर्गत कार्य सम्पादन मुल्याङ्कनमा गौर नगरपालिका मधेश प्रदेशमै प्रथम स्थान हासिल गरेका छन् । नेपाल सरकारबाट आर्थिक वर्ष २०८०-०८१ मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा उपलब्ध गराइने वित्तिय समानिकरण अनुदानअन्तर्गत कार्य सम्पादन मुल्याङ्कनमा मधेश प्रदेशमै गौर नगरपालिका प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

अनुदानका लागि प्रदेश सरकार र स्थानीय तहले कार्य सम्पादन सुचक बापत प्राप्त गरेको नतिजा अनुसार गौर नगरपालिका ६५.१९ उत्कृष्ट अंक प्राप्त गरी मधेश प्रदेशमा नै प्रथम स्थान हासिल गरेको गौर नगरपालिकाका नि-प्रमुख प्रशासकिय अधिकृत सुभाष ठाकुरले बताउनुभयो ।

यसैबीच गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले गौर नगरपालिका वडा नं. ५ गौरीशंकर क्याम्पसस्थित बरहवा तालमा निर्मित झुलुङे पुलको उद्घाटन गर्नुहुँदै सर्वसाधारणको प्रयोगका लागि सञ्चालनमा आएको छ ।

टिविएसयु हेल्भिटासको ३५लाख र गौर नगरपालिकाकको ३० लाख गरी कुल ६५ लाखको लागतमा उपभोक्ता समितिमार्फत उक्त झुलुङे पुलको निर्माण कार्य सम्पन्नभएर नगरप्रमुख साहद्धारा उदघाटन्पछि सञ्चालनमा आएको गौर नपाका नि,प्रमुख प्रशासकिय अधिकृत ठाकुरले जानकारी दिनुभयो ।

गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले मधेश प्रदेशमै वित्तिय समानीकरण अनुदानअन्तर्गत कार्य सम्पादन मुल्याङ्कनमा गौर नगरपालिका प्रथम स्थान हासिल गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले सुशासनको निम्ति चाहिने तत्व शिक्षा स्वास्थ्य र भौतिक पुर्वाधारमा मधेश प्रदेशमा नै उत्कृष्ट भै अगाडि बढिरहेकोले अआफना स्तरबाट सबै पक्षले सहयोग गरिदिए गौर नगरपालिका देशकै नमुना नगरपालिकाको रुपमा स्थापित हुने बताउनुभयो ।

नगरप्रमुख साहले गौर नपा वडा नं.५ स्थित बरहवा तालमा झुलुङे पुलको आवश्कता नरहेको थियो किनभने उतरतिर नजिकै झुलुङे पुल र दक्षिणतिर पक्की पुल रहेको भन्नुहुदै वरहवा तालमा वोट चलाउने हाम्रो योजना रहेकाले यसको पायाले गाह्रो हुने उहाँको भनाइ छ ।

तत्कालिन जनप्रतिनिधिले उक्त झुलुङे पुल अधुरो छाडेका कारण हेल्भिटासले गौर नगरपालिकालाई कालो सुचीमा राखी यो झुलुङे पुल निर्माण नभएसम्म अर्को झुलुङे पुल गौर नपामा निर्माण नहुने  भएकोले उक्त झुलुङे पुल निर्माण कार्य सम्पन्न गर्नु परेको नगरप्रमुख साहले स्पष्ट पार्नुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर