नेभिगेसन मेनु

प्रशासन परिसरमा राष्ट्रिय वाणिज्य बैंकको काउण्टर
सम्पादक:南亚网络电视
समय:2023-05-20 14:21

0

बर्दिबास, जेठ ६ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा राष्ट्रिय वाणिज्य बैंकको काउण्टर तथा राजस्व सङ्कलन केन्द्र सुरु भएको छ । प्रशासनिक सेवालाई सरल, सहज र झण्झटरहित बनाउन काउण्टर स्थापना गरिएको प्रशासन कार्यालयले जनाएको छ । 

प्रजिअ दीपक पहाडीले काउण्टरको शुक्रबार उद्घाटन गर्नुभएको हो  । उहाँले सेवाग्राहीलाई राजस्व बुझाउन झण्झटिलो भएको र प्रशासन कार्यालयलाई समेत आर्थिक कारोबार गर्न गाह्रो भएकाले काउण्टर स्थापना गरिएको बताउनुभयो ।

महोत्तरी प्रशासन कार्यालयमा राहदानी, धरौटी, दण्डजरिवाना, संस्था एवम् हातहतियार नवीकरण जस्ता शीर्षकबाट दैनिक दुईदेखि पाँच लाख राजस्व सङ्कलन हुन्छ । वैदेशिक रोजगारमा मृत्यु भएकाको परिवरलाई राहत पनि प्रशासन कार्यालयबाटै उपलब्ध गराइन्छ । यहाँ दैनिक ६० देखि दुई सय जनाले राजस्व बुझाउने गरेका छन् ।

‘‘अब राजस्व बुझाउन बैंक आउने जाने बाध्यताको अन्त्य भएको छ,’’ पहाडीले भन्नुभयो, ‘‘यसले प्रशासिनक सेवा प्रवाहलाई पनि छिटोछरितो बनाउन सहज पारेको छ ।’’

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार प्रशासन कार्यालयमा सञ्चालन भएको बैंक काउण्टरबाट आसपासका सरकारी कार्यालयलाई पनि सहज हुने बताउनुभयो ।

सरकारी वकिल कार्यालय, लोकसेवा आयोग, जिल्ला समन्व समिति, जिल्ला हुलाक, कृषि ज्ञान केन्द्र, जिल्ला अदालत जस्ता राजस्व सङ्कलन गर्ने कार्यालयका लागि पनि यो काउण्टरबाट सहयोग पुग्ने भनाइ उहाँको छ ।

राष्ट्र वाणिज्य बैंक जलेश्वर शाखाका प्रवन्धक मञ्जुर राइनले सुरुमा यो काउण्टरले राजस्व सङ्कलन र जिल्ला प्रशासन कार्यालयका चेक भुक्तानी जस्ता सेवा प्रवाह गर्ने बताउनुभयो ।

राणाकालीन भवनबाट नयाँ प्रशासनिक भवनमा सरेको महोत्तरी जिल्ला प्रशासनले नागरिक हेल्प डेस्क, राष्ट्रिय परिपत्र दर्ता कक्ष, खानेपानी जस्ता सुविधा दिँदै आएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर