नेभिगेसन मेनु

‘मिटरब्याजीलाई छुट नहोस्’
सम्पादक:南亚网络电视
समय:2023-02-13 12:31

Untitled-1

महोत्तरी, फागुन १ गते । मिटरब्याजीलाई कारबाहीको माग गर्दै महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मिटरब्याजका पीडितले प्रदर्शन गरेका छन्। 

पीडितले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने माग राख्दै जिल्ला अदालत महोत्तरी तथा जिल्ला प्रशासन कार्यालय पुगेर केहीबेर धर्नासमेत दिए। जिल्लाको विभिन्न पालिकाबाट आएका पीडितहरू प्लेकार्ड बोकेर नाराबाजी गर्दै सदरमुकाम जलेश्वरको विभिन्न भागमा प्रदर्शन गर्दै दुवै कार्यालयअगाडि गएर धर्ना दिएका थिए। 

धर्नापश्चात् कोण सभा गर्दै मिटरब्याजीलाई सशक्त कारबाही नगरे आन्दोलनलाई देशव्यापी बनाउने चेतावनीसमेत दिइएका थियो। मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिका मधेश प्रदेश संयोजक सरस्वती मिश्रले मिटरब्याजीलाई पक्राउ गरी आवश्यक कारबाही गर्ने सम्बन्धित प्रतिबद्धता निकायले जनाउँदै आए पनि ठोस रूपमा कामकारबाही अगाडि नबढेकाले दबाबस्वरूप आन्दोलन सुरु गरिएको बताउनुभयो। 

सरकारले मिटरब्याज पीडितसँग पाँचबुँदे सहमति गरे पनि सहमतिको पालना नभएको र पक्राउ परेका मिटरब्याजी धरौटीमा छुट्ने देखिएकाले आपूmहरूले आन्दोलन गर्नुपरेको मिश्रले बताउनुभयो। उहाँले भन्नुभयो, “मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाका कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति पीडकबाट भराउन आवश्यक व्यवस्था मिलाउने, ऋणीले साँवाब्याज चुक्ता गरेपछि फिर्ता गर्ने गरी साहु वा निजले इच्छाएको व्यक्तिका नाममा जग्गा रजिस्ट्रेसन पास गरिदिएको तर कानुनसम्मत रूपले हुन आउने साँवाब्याज पूरै चुक्ता गर्दा वा गर्न तयार हुँदा पनि जग्गा फिर्ता नगरेको पुष्टि हुन आएमा उक्त जग्गा जुनसुकै तहसम्म बिक्री गरेको भए पनि फिर्ता गर्न समन्वय गरी कानुनी व्यवस्था गर्नेलगायतका सहमति भएको छ तर ठोस रूपमा काम अगाडि बढेको देखिएको छैन।”

सङ्घर्ष समिति महोत्तरीका अध्यक्ष तथा मिटरब्याजपीडित मोहन महतोले जिल्लाको भङ्गाहाका मिटरब्याजी अनिरुद्ध साहलाई पक्राउ गरिए पनि दोषी आर्थिक प्रभावले छुट्न सक्ने सन्देह भएकाले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन आफूहरू आन्दोलित भएको जानकारी दिनुभयो। 

पीडितहरूले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने जनाएका छन्। मिटरब्याजी अनिरुद्ध साहलगायत दर्जनौँ मिटरब्याजीले घरबार लिलाम हुने अवस्थासम्म पीडितलाई पु-याइदिए पनि प्रशासनले आर्थिक प्रलोभनमा परी कामकारबाही राम्रोसँग नगरेको आरोप छ। सङ्घर्ष समितिका केन्द्रीय प्रवक्ता निर्गनबिन जोशीले न्यायालय र प्रशासन जनउत्तरदायी नभएकाले यस्ता मिटरब्याजीको ठगी धन्दामा अङ्कुश लाग्न नसकेको बताउँदै प्रहरी, प्रशासन र न्यायालयलाई मजदुर, किसान र गरिबको पक्षमा उभिन आग्रह गर्नुभयो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर