नेभिगेसन मेनु

ठगी र ऋणको चपेटामा सदा बस्ती
सम्पादक:南亚网络电视
समय:2023-01-22 14:14

बनबमन

विदेश पठाइदिने भन्दै एजेन्टहरूले लाखौँ रकम ठगी गर्ने क्रम बढ्दै गएको छ । वैदेशिक रोजगारीकै नाममा गरिएको ठगी धन्दाले सप्तरीको एउटा पूरै गाउँ नै ठगी र ऋणको दोहोरो चपेटमा परेका छन् ।   सप्तरीको रुपनि गाउँ पालिका वडा नम्बर २ को दलित सदा बस्तीमा वैदेशिक रोजगार मै जानको लागि एजेन्टले मागे बमोजिम साहूबाट चर्को ब्याजदरमा ऋण लिँदै एजेन्टलाई विश्वास गर्दै एउटै व्यक्तिले ठगेर सिङ्गो गाउँलाई  पीडित बनाएका छन् ।   यहाँका नागरिकलाई सहज र सस्तो तवरले ऋण लिन लागि बैङ्कमा जानुपर्छ भने चेतना छैन । अर्कोतर्फ उहाँहरूसँग बैङ्कलाई दिने धितो सम्पत्ति पनि नभएको कारण ऋण लिन साहूकोमा जानुपर्ने बाध्यता एकातिर छन् भने अर्कोतिर वैदेशिक रोजगारमा जाने उचित सीप छ न त सुरक्षित आप्रवासनको ज्ञान नै । यसर्थ उनीहरू एजेन्ट कै भर परेर एउटै व्यक्ति एउटै एजेन्टबाट पटक पटक ठगिएको उदाहरणहरू प्रशस्तै भेटिन्छ । हामीजस्तो दलित गरिब बैङ्कमा सितिमिति गइहाले पनि हामीलाई अनेक बहाना देखाएर बैङ्कले सहज ऋण दिन मान्दैन । अनि हामीलाई बैङ्कको झन्झटिलो ऋण भन्दा तिर्न गाह्रो भए पनि साहुकै ऋण सजिलो मान्ने गरेको सदा बस्तीका दनालाल सदाले भन्नुभयो ।

रुपनि गाउँपालिका २ पिपराही टोलको दिनेश महतो भने एजेन्टले आफ्नै गाउँ लगायत जिल्ला भरिमा सयौँ युवालाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै आफ्नै गाउँ लगायत जिल्ला भरिमा सयौँ युवालाई करोडौँ रकम ठगी गरेका छन् । रुपनि २ कै सदा बस्तीमा मात्रै म लगायत ५० जना भन्दा बढी युवालाई ठगेको स्थानीय दनालाल सदाले भइनुभयो । पीडित सदा थप्नुहुन्छ, मसँग मात्रै महतोले पटक–पटक गरी छ लाख बढी रकम लिएको छ । दुई पटक विदेश पनि उडाइदियो तर लुकेर काम गर्नुपरेको र गर्नै नसक्ने जति गाह्रो काम भएर भागेर आउनुपर्‍यो । पुलिसमा गए तर केही न्याय पाईकन मैले । पुलिस पनि एजेन्टकै कुरा सुनेर महतोलाई समातेन । अनि म थप पीडित भए । महतोले उल्टै थर्काउनै भन्छ, पुलिसमा गएर केही हुनेवाला छैन । बरु घाटा लाग्यो भन्ने फेरी मलेसिया पठाइदिन्छु भन्दै आजकल पुनः महतोले मसँग तीन लाख माग्दै छन् । अस्ति अस्ति तीन पटक तिनै एजेन्टलाई दिन गाउँको साहुबाट सैकडाको चार रुपैयाँ ब्याज (६० प्रतिशत)मा लिएको ऋण  लिएको पैसा तिर्न सकेको छैन । आमाले सहीछाप गरेर उठाइदिएको पैसा तिर्न नसकेर साहुले आमा र मेरो परिवारलाई पुलिसले पक्रिन लगाउँछन् ।हामी सबै परिवार एक वर्षदेखि घरबाट भागम भाग भएर उठिबास भएका  छौँ । ठगीमा पर्नुभएका दनालालले सुनाउनुभयो ।  

सदा बस्तीकै ४५ वर्षीय सीमा सदाले भन्नहुन्छ, घरपरिवार बालबच्चा भोकमरीबाट गुज्रिँदै गर्दा छोरालाई विदेश पठाएर घरपरिवार चल्छ भनेर म अनपढ छाप लगाएर स्थानीय विश्वनाथ साह र उनकै भाइ दानालाल साहसँग चार रुपैयाँ सैकडा व्याजमा  ऋण लिएर छोरालाई पैसा दिलाए । तर छोराले कमाउनु भन्दा एजेन्टको फन्दामा परेर परिवारै उठिबास लागिसक्यो । कोरोनाको बेला पुलिस पक्रिन आउँदा भागेर माइती भारत गए । दुई दिनमै लकडाउन भएपछि छ महिनासम्म आउन सकिन । गाउँको सबैले आफ्नो बारेमा फलानी मरी सक्यो भनेर खबर फैलाएको रहेछ । आज आफ्नै घर बस्न पाएको छैन भागेर हिँड्नु परेको छ ।   घर बनाएर बस्न आफ्नै जग्गा समेत नभएर ऐलानी मा बसेका दुई सय घरपरिवारको सदा बस्तीका ९० प्रतिशत घर मुली पुरुषहरू वैदेशिक रोजगारमा गएका छन् भने बाँकी काठमाडौँ , दिल्ली , पन्जाब गरेर रोजगारीमा छन् ।गाउँमा महिलाहरू मात्रै भेटिन्छन् । परिवारलाई समस्या परेपछि घरमा अभिभावक हुँदैन अन्ततः साहुकै शरण लिनुमा जानुपर्छ । यहाँका ९९ प्रकाशित महिलाहरू पढेलेखेका छैनन् ।जसले गर्दा साहुबाट लिएको एक रुपैयाँको १६ रुपैयाँ तिरे पनि आफूहरू हिसाब गर्दैन र गर्न पनि जान्दैन । साहुले जति भन्यो त्यति दिनपर्ने हुन्छ । स्थानीय असिया देवी सदाले बताउनुभयो ।   

उनीहरूको आर्थिक अवस्था यति कमजोर छन् कि आफ्ना छोराछोरी समेत पढाउन सकेका छैनन् । अहिलेको पुस्ता पनि मजदुरी गरेर परिवार चलाउनुपरेको सहजै देखिन्छ । एकातिर ६० प्रतिशतले साहुको ऋणको चपेटामा छन् भन्ने  अर्कोतिर घरैपिच्छे वैदेशिक रोजगारमा गएका र पठाउन लागेका परिवारहरूबाट लाखौँ रकम ठगीमा पर्दै आएको यो बस्ती नियति नै बनेको छ । रोपनी गाउँपालिका वडा २ का अध्यक्ष सरोज यादवले भन्नुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर