नेभिगेसन मेनु

बम बिस्फोटमा परी कम्तीमा २५ जनाको मृत्यु
समय:2021-07-20 04:48

इराकको राजधानी बगदादमा भएको बम बिस्फोटमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ। विस्फोटमा परी इदको किनमेल गरिरहेका दर्जनौँ घाइते भएको सञ्चारमाध्यमले जनाएका छन्।

किनमेल गर्नेहरुको भिड भइरहेको बेला उत्तरी साड सहरको एउटा व्यस्त बजारमा बिस्फोट भएको हो। मंगलबार बिहान भएकोे विस्फोट पछिल्लो ६ महिनायताकै घातक मानिएको समाचारहरुमा उल्लेख छ। विस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस) समूहले लिएको छ।

पछिल्लो केही समययता यो समूहले बगदादमा सानातिना घटना गराउँदै आएको थियो। गत अप्रिलमा चार जनाको मृत्यु हुने गरी गरिएको कार बम हमलामा पनि आफ्नो हात रहेको आईएसले जनाएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर