नेभिगेसन मेनु

विमान दुर्घटना, २९ को अवस्था अज्ञात
समय:2021-07-07 03:49

मङ्गलबार बिहान २९ यात्रु लिएर रूसको सुदुर पूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

विमानमा छ चालक दलका सदस्यसहित २९ जना यात्रु रहेको रूसी समाचार संस्था स्पुटिनकले जानकारी गराएको छ । प्रारम्भिक जानकारी अनुसार विमानमा एक बच्चा, छ चालकदलका सदस्य र २२ जना यात्रु थिए ।

रूसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालानाका लागि उडेको विमान कामचात्का क्षेत्रबाट मङ्गलबार अपरान्ह रार्डरसँग सम्पर्क बिच्छेद् भएको रूसी आपतकालीन सेवा मन्त्रालयको प्रमुख महानिर्देशनालयले जानकारी गराएको छ ।

विमानबारे थप जानकारी सङ्कलन भइरहेको रूसी प्रशासनले बताएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर