दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय भएको छ। अदालतको मानहानी गरेको भन्दै त्यहाँ सबैभन्दा ठूलो संवैधानिक अदालतले सजाय दिएको हो।
ज्याकब राष्ट्रपति हुँदा उनीविरुद्ध भ्रष्टाचारको आरोप लागेको थियो। उनले कारोबारी घराना र राजनेतासँगको सहकार्यमा निर्णय लिने प्रक्रिया प्रभावित गरेको बताइएको थियो। ज्याकबको कार्यकाल २०१८ मै सकियो। त्यस विषयमा उनी एक अनुसन्धान आयोग समक्ष पेश हुनुपर्ने थियो। तर, भएनन्। एक पटक उपस्थिति जनाएर आरोप झुटो भएको बताएका थिए।