नेभिगेसन मेनु

अमेरिकाले ९२ मुलुकलाई खोप उपलब्ध गराउने
समय:2021-06-11 06:40

 अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२२ को जुनसम्ममा संसारभरका ९२ निम्न र मध्यम आय भएका मुलुक तथा अफ्रीकन युनियनका सदस्यहरूको लागि ५०० मिलियन फाइजर भ्याक्सीन खरीद गरेर उपलब्ध गराउने घोषणा गरेका छन। 

यो महामारीविरूद्धको विश्वव्यापी लडाईंको लागि ऐतिहासिक कदम भएको नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ। राष्ट्रपति बाइडेनले संसारका लोकतान्त्रिक देशहरूलाई पनि सुरक्षित र प्रभावकारी भ्याक्सीन आपूर्तिमा आफ्नो भूमिका निभाउन पनि आग्रह गरेका छन। आजको घोषणाको प्रमुख उद्देश्य जीवन रक्षा हो र यसबारेका थप विवरणहरू आउने दिनमा घोषणा गरिने दुतावासले जनाएको छ।

आजको ऐतिहासिक घोषणा राष्ट्रपति बाइडेनले केही समयअघि गर्नुभएको जुनको अन्त्यसम्ममा ८० मिलियन भ्याक्सीन सहयोग गर्ने घोषणालाई निरन्तरता दिन र भ्याक्सीनको विश्वव्यापी पहुँच अझै बढाउन आएको हो।

 दुतावासद्वारा प्रकाशित विज्ञप्तिमा हामीलाई विश्वास छ कि यी सहयोगले संसारभरीका लोकतान्त्रिक देशहरूले महामारीको अन्त्य गर्न र संसारका सवैलाई सुरक्षित रूपमा खोप पुर्याउन चालिरहनुभएका समन्वयमुलक कदमहरूको लागि बलियो आधार बन्ने कुरा उल्लेख गरिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर