बोको हरामका नेता अबुबकर बेकाउ मारिएको दाबी गरिएको छ। विरोधी इस्लामी चरमपन्थी समूहले एउटा अडियो रेकर्ड जारी गरेर अबुबकर मारिएको दाबी गरिएको हो।
तर यस सम्बन्धमा बोको हराम र नाइजेरिया सरकारले कुनैखालको पुष्टि गरेको छैन। हुन त यसअघि पनि अबुबकरको मृत्युको हल्ला फैलिएको थियो।
दुई समूहबीच भइरहेको लडाइँका दौरान अबुबकरले आफ्नै शरीरमा पहिरिएको विष्फोटक पदार्थ विष्फोट भएको र मृत्यु भएको दाबी गरिएको बीबीसीले जनाएको छ।