नेभिगेसन मेनु

ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको संख्या ३२ पुग्यो
समय:2021-05-26 05:10

कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ । कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको आइतबार बताइएको थियो ।   

तर पनि त्यसमा परेर कम्तीमा पनि ३२ जना स्थानीय नागरिकको मृत्यु भएको सो प्रान्तका प्रान्तीय सरकारका अधिकारीले जानकारी दिएका हुन् । उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा धेरै जनाको ज्यान गएको बताइएको छ ।

कंगोका अधिकारीहरुले माउन्ट निरागोगोमा विस्फोट भएको र त्यस क्रममा उनीहरु सो क्षेत्रबाट भाग्न खोजेका थिए । यसरी भाग्ने क्रममा केही व्यक्ति दुर्घटनामा परेका थिए भने अरु केही जना सो क्षेत्रमा रहेको जेल तोडेर भाग्ने क्रममा ज्यान गएको थियो ।

सो विस्फोटमा परेर ज्यान जाने व्यक्तिको संख्या ३२ पुगेको र अधिकांशको दुर्घटनामा परेर मृत्यु भएको सो प्रान्तका प्रान्तीय अधिकारीले स्थानीय मिडियालाई जानकारी दिएका हुन् ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर