नेभिगेसन मेनु

नेपाललाई अस्ट्रेलियाको ६३ करोड सहयोग
समय:2021-05-23 04:15

अष्ट्रेलियाले नेपाललाई कोरोना भाईरस (कोमिड–१९) महामारी बिरुद्द लड्न थप सतरी लाख अष्ट्रेलियाली डलर अर्थात करिव ६३ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । यो दक्षिण एसियाको उत्थानशीलता सबलिकरण गर्न बंगलादेश, श्रीलंका र नेपाललाई अष्ट्रेलिया सरकारले प्रदान गर्ने १ करोड ४५ लाख अष्ट्रेलियाली डलर मध्येको एक अंश हो ।

अष्ट्रेलियाको सहयोगले नेपालको कोभिड १९ महामारी विरुद्ध लड्ने क्षमतामा थप टेवा पुग्ने र यो प्रादेशीक अस्पतालहरुमा आवश्यक स्वास्थ्य सामाग्रीहरु र स्वास्थ्यकर्मीहरु लाई आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामाग्रीहरु खरिद गर्न उपयोग गरिनेछ

यो रकम नेपालका बिभिन्न क्षेत्रहरुमा समुदाय स्तरमा हाल सकृय विश्वसनिय साझेदार संस्थाहरुलाई अमेरीकी, जापानी र बेलायती लगायतका दातृ निकायहरु र संयुक्त राष्ट्र संघिय निकायहरुले गरिरहेका कामहरु संगको समन्वयमा प्रदान गरिनेछ । अष्ट्रेलियाली सरकारले कोभ्याक्सको माध्यमबाट नेपाललाई कोमिड– १९ बिरुद्धको सुरक्षित र प्रभावकारी खोप व्यवस्थापन गर्न सहयोग जारी रहेको छ।

सहयोगको घोषणा गर्दै अस्ट्रेलियाली राजदुत फैलिसीटी वोल्कले अष्ट्रेलिया नेपालमा अति प्रभावित समुदायमा सहयोग पुर्याउने काम गरिरहेको छ बताए । अष्ट्रेलिया र नेपालको लामो समयदेखि मित्रता रहेको र विपद्का समयमा एक आपसमा सहयोग गर्ने इतिहास रहेको छ । कोमिड १९ ले नेपाल र यस क्षेत्रमा पारेको विनाशकारी प्रभावबाट अष्ट्रेलिया चिन्तित भएको छ। यो सहयोगका माध्यमबाट हामी नेपाल सरकारको स्वास्थ्य आवश्यकताहरु पुरा गर्न सहकार्य गर्ने, र क्षेत्रिय अस्पतालहरु र जोखीमपूर्ण समुदायहरुलाई सहयोग गर्न कृयाशील रहनेछौं ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर