नेभिगेसन मेनु

टिकटकको लागि भिडियो बनाउँदा फेरी एक जनाले ज्यान गुमाए
समय:2021-05-21 03:59

भिडियो सामाजिक सञ्जाल टिकटकका लागि भिडियो बनाउँदै गर्दा पाकिस्तानमा एक जनाको मृत्यु भएको छ । आफैलाई पेस्तोलले हानेको अभिनय गर्दा पेस्तोल पड्किएर १९ बर्षीय एक युवकको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।  

काबल भन्ने ठाउँमा बुधबार घटना भएको हो । काबलको स्थानीय प्रहरी अधिकारीहरुले पनि भिडियो बनाउदै गर्दा ती युवकको मृत्यु भएको अनुसन्धानबाट खुलेको जनाएका छन् । 

“हामीले गरेको अनुसन्धानको प्रारम्भिक विवरण अनुसार मआबान्द शाह धेराइमा बस्ने टिकटक स्टार हमिदुल्लाहले टिकटकका लागि भिडियो बनाउने क्रममा आफैले आफैलाई पेस्तोल प्रहार गरेको र निधन भएको पाइएको छ,” एक प्रहरी अधिकारीले भने । 

घटना भएको थाहा पाउने वित्तिकै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरेको र शवलाई अस्पतालमा लगेर परीक्षण गराएको प्रहरीको भनाइ छ । निधन भएका हमिदुल्लाह टिकटकमा निकै चर्चित रहेको समाचारमा जनाइएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर