नेभिगेसन मेनु

सावधान ! हावाबाट पनि सर्छ कोरोना, यस्तो भन्छ डब्ल्युएचओ
समय:2021-05-07 05:09

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले हावाबाट पनि कोरोना भाइरस सर्न कुरा सत्य भएको बताएको छ । कोरोना महामारी सुरु भएको करिब डेढ वर्षपछि डब्ल्युएचओले हावाबाट पनि कोरोना सर्न सक्ने तथ्य स्वीकार गरेको हो । 

अनुसन्धानकर्ताहरुले २०२० को अप्रिलमा नै ‘विश्वले यो चुनौती सामना गर्नुपर्ने’ चेतावनी दिएका थिए। तर, २०२० जुनमा केही अनुसन्धानकर्ताहरुले कोभिड–१९ सर्नका लागि माध्यम चाहिने दावी गरेका थिए। 

जुलाईमा विभिन्न ३२ देशका २३९ जना वैज्ञानिकले गरेको अध्ययनमा हावाको स–साना कणमा पनि कोरोना भाइरस भेटिएको र त्यसबाट पनि संक्रमण फैलने दाबी गरिएको थियो।

सोही महिना विश्व स्वास्थ्य संगठनले कोभिड–१९ बारे एक वैज्ञानिक रिपोर्ट सार्वजनिक गरेको रिपोर्टमा भीडभाड र हावा पास नहुने र बन्द कोठामा संक्रमितसँग लामो समय बस्दा कोरोना अर्का व्यक्तिमा सर्ने कुरालाई नकार्न नसकिने बताएको थियो । तर यो विषयमा थप अनुसन्धानको खाँचो रहेको संगठनले बताएको थियो । 

ब्यक्तिबीच दूरी कायम राख्दा हावाबाट संक्रमण सर्न सक्दैन भन्दै आएको डब्ल्यूएचओले त्यसको १० महिनापछि ३० अप्रिल २०२१ मा हावाबाट सर्ने प्रकृयाबारेको शोधमा परिवर्तन आएको जनाउँदै भनेको छ,‘वर्तमान प्रमाणहरुले बताउँछन् कि भाइरस मुख्य रुपमा त्यस्ता व्यक्तिहरुमा फैलिन्छ जो एक अर्काबीच निकट सम्पर्कमा हुनेछन् । सामान्य रुपमा एक मिटर भित्र। यस्तोमा हावाको कणमा रहेको भाइरस व्यक्तिमा आँखा, नाक, मुखको माध्यमबाट सर्न सक्छ। तर भाइरस कमजोर हावाको प्रवाह भएको र धेरै मानिसहरु भएको घर या कोठा भित्र लामो समय विताउँदा हावाबाट फैलने जोखिम हुन्छ। यस्तो अवस्थामा भाइरसले १ मिटर भन्दा टाढाको यात्रा तय गर्न सक्छ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर