नेभिगेसन मेनु

कतार सरकारले दियो १४ नेपाली कैदीबन्दीलाई आममाफी
समय:2021-05-05 09:27

कतार सरकारले १४ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरुमा विभिन्न आरोपमा सजाय भोगिरहेका ती नेपाली कैदीबन्दीलाई आममाफी दिएको हो । यस वर्षको रमादान पर्वको अवसरमा सरकारले नेपाली कैदीबन्दीलाई आममाफी दिएको कतारका लागि नेपाली राजदूतावासले जनाएको छ । 

यसअघि विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणलाई समेत मध्येनजर गरी नेपाली कैदीबन्दीको रिहाईका लागि राजदूतावासको तर्फबाट कतार सरकारसमक्ष अनुरोध गरिएको थियो । 

आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायहरुसँग राजदूतावासले आवश्यक समन्वय तथा सहजीकरण गर्ने दूतावासले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर