
काठमाडौँ, वैशाख २० गते । जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताउनुभएको छ।
मध्यपूर्व युद्धका कारण ट्रान्सएटलान्टिक सम्बन्धमा दरार बढ्दै जाँदा नेटोले शनिबार जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्ने वाशिङ्टनको निर्णयलाई बुझ्नका लागि अमेरिकासँग समन्वय गरिरहेको बताएको छ ।
“यो निर्णय युरोपमा अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको सुरक्षा बलको स्थितिको पूर्ण समीक्षापछि आवश्यकता र सर्तहरूको मान्यतामा भएको हो,” पार्नेलद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।
सन् २०२५ डिसेम्बर ३१ सम्म नेटोको सहयोगी जर्मनीमा ३६ हजार ४३६ सक्रिय–सेवामा अमेरिकी सैनिकहरू रहेका थिए भने इटालीमा १२ हजार ६६२ र स्पेनमा तीन हजार ८१४ अमेरिकी सैनिक थिए।
जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले शनिबार भन्नुभएको छ, “युरोप र जर्मनीबाट पनि अमेरिकी सेना फिर्तीको अपेक्षा गर्न सकिन्छ।”
युरोपेली सङ्घले गत बर्ष हस्ताक्षर गरेको व्यापार सम्झौताको पालना नगरेको आरोपमा अर्को हप्तादेखि लागु हुनेगरी युरोपेली सङ्घबाट अमेरिका आपूर्ति हुने कार र ट्रकहरूमा लगाइदै आएको करको दर बढाएर २५ प्रतिशत पुर्याउने राष्ट्रपति ट्रम्पले बताउनुभएको छ ।
जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले शनिबार भन्नुभयो, “अमेरिकाले युरोप र जर्मनीबाट अमेरिकी सेना फिर्ता गर्न सक्ने अपेक्षा गर्न सकिन्छ ।”
नेटोका प्रवक्ता एलिसन हार्टले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “यो समायोजनले युरोपले प्रतिरक्षामा थप लगानी गर्न र हाम्रो साझा सुरक्षाका लागि ठूलो हिस्सा लिनुपर्ने आवश्यकतालाई जोड दिन्छ ।” रासस, एएफपी





