नेभिगेसन मेनु

पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी
सम्पादक:南亚网络电视
समय:2026-04-04 12:38

 

 bom

काठमाडौँ, चैत २१ गते । उत्तर पश्चिमी पाकिस्तानमा विस्फोटक पदार्थले भरिएको गाडीमा आत्मघाती बम विस्फोट हुँदा तीन जना महिला र दुई बालबालिकाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रहरी चौकीलाई निशाना बनाएर भएको आक्रमण पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको  बन्नु जिल्लामा भएको स्थानीय प्रहरी अधिकारी मुहम्मद सज्जाद खानलाई उदृत गर्दै शुक्रबार एएफपीले जनाएको छ । प्रहरीका अनुसार आक्रमणमा अन्य चार जना घाइते भएका छन् भने अहिले सम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

सन् २०२१ मा काबुलमा तालिबान सत्तामा फर्किएपछि पाकिस्तानमा आक्रमणको दर बढेको  छ भने आतङ्कवादी समूह तेहरीक-ए-तालिबान पाकिस्तान (टिटिपी)ले नियमित रूपमा यस क्षेत्रका सुरक्षा फौजलाई लक्षित गर्दै आएको छ । इस्लामाबादले छिमेकी अफगानिस्तानलाई आफ्नो भूमिमा शरण लिइरहेका आतङ्ककारीहरूलाई नियन्त्रणमा नलिएको आरोप लगाएको छ । रासस/एएफपी 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर