नेभिगेसन मेनु

एमाले अध्यक्ष ओलीलाई भारी मतले हराउँदै झापा–५ मा रास्वपाका बालेन्द्र शाह विजयी
सम्पादक:南亚网络电视
समय:2026-03-07 21:05

 

 19A112CA-44F1-4420-942D-9FE694348512

काठमाडौँ, फागुन २३ गते । झापा जिल्लाको क्षेत्र नम्बर-५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह विजयी हुनुभएको छ ।

अन्तिम मत परिणामअनुसार बालेन्द्र नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउँदै रास्वपाका वरिष्ठ नेता शाह विजयी हुनु भएको हो । 

अन्तिम मत परिणाम घोषणा हुनुअघि मतगणनास्थल र वरिपरि कडा सुरक्षा व्यवस्था गरिएको थियो । बालेन्द्रले ओलीको भन्दा करिब चार गुणा बढी मत पाउनु भएको छ ।  उहाँले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत प्राप्त गर्नुभयो ।उहाँहरुबिचको मतान्तर ४९ हजार ६१४ रहेको छ ।

तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समिर तामाङले नौ हजार २३३ मत प्राप्त गर्नुभयो । यस्तै कांग्रेसकी मन्दरा चिमरियाले १८ सय २१ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले १५ सय ३६ र नेपाली कम्युनिस्ट पार्टीका रन्जित तमाङले १४ सय ६१ मत पाउनु भएको छ । 

D5E5FDC1-9EF5-4777-A478-868C2215AEEB

विजयी प्रमाणपत्र लिन र विजय घोषणा कार्यक्रममा सहभागी हुन शाह मतगणनास्थल जाँदा सुरक्षा कडा पारिएको थियो । उहाँ मतपरिणाम घोषणास्थलमा पुग्दा नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन भएका थिए ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर