नेभिगेसन मेनु

देश र जनताको भाग्य बदल्छौँ
सम्पादक:南亚网络电视
समय:2026-02-20 15:32

 

 bachapatra-skt-lalit

काठमाडौँ,  फागुन ८  गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशबाट यही फागुन २१ गतेको निर्वाचनका लागि आफ्नो वाचापत्र सार्वजनिक गरेको छ । बिहीबार कर्णाली प्रदेश राजधानी सुर्खेतमा आयोजित परिवर्तन उद्घोष सभामा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह, उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले, डिपी अर्याललगायतका नेताले एक सय वटा नीतिगत आधार उल्लेख भएको वाचापत्र सार्वजनिक गर्नुभएको हो । 

वाचापत्रमा दैलो दैलोमा सरकार ल्याउने, विगतदेखिको ढिलासुस्तीको जालो च्यात्ने उल्लेख गरिएको छ । उपसभापति डा. स्वर्णिम वाग्लेले वाचापत्रमा अहिले जनतामाथि लगाइएको सबै करको बोझ घटाउने, निजी क्षेत्रलाई सूचना प्रविधि, व्यापार, खनिजको क्षेत्रमा मन खोलेर लगानी गर्न आह्वान गर्ने, पाँच वर्षभित्र नेपाललाई मध्यम आयमा विकसित गर्ने राष्ट्र बनाउने, स्थिर मूल्यमा वार्षिक सात प्रतिशतको आर्थिक दर बनाइने, प्रतिव्यक्ति आम्दानी तीन हजार डलर बनाउने, पाँचदेखि सात वर्षको अवधिमा एक सय अर्ब डलरको आर्थिक अवस्था बनाइने बुँदा उल्लेख भएको बताउनुभयो । यस्तै कर्णालीका उर्वर डाँडामा कृषि गरेर पनि सम्मानपूर्वक बाँच्न सकिन्छ भन्ने अवस्था बनाइने, एक पटकको नेपाली, 

सधैँको नेपाली बनाइनेलगायतका देश समृद्धिका खाका सो वाचापत्रमा उल्लेख गरिएको उहाँले  बताउनुभयो । कार्यक्रममा पार्टीका वरिष्ठ नेता बालेन साहले विगतमा कर्णालीको भोकमरी, गरिबीलाई बुझ्न नसक्दा पछाडि पारिएकाले रास्वपाले त्यो अवस्थालाई बुझेर अगाडि ल्याउन चाहेको जनाउनुभयो । उहाँले विगतमा कर्णालीलाई कसैले पनि बुझ्न नसकेकाले अव रास्वपाले बुझ्ने बताउनुभयो । साथै रारा, सेफोक्सुण्डो, कर्णाली, सिँजा सभ्यता जस्ता संस्कृतिलाई जोगाउने उहाँको भनाइ छ । कर्णालीको सुइना, हाम्मा सुइना भन्दै उहाँले कर्णालीको सपना अब रास्वपाको पनि सपना भएको र त्यो सपना साकार बनाउन फागुन २१ गतेको निर्वाचनमा बहुमत दिएर जिताउन आग्रह गर्नुभयो । आफूहरूले कर्णालीबाट वाचापत्र सार्वजनिक गरेको हुँदा कर्णालीबाट वाचापत्र र सपना बोकेर जाने र निर्वाचनपछि पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । 

पार्टी सभापति रवि लामिछानेले देश र जनताको भाग्य बदल्ने दिन फागुन २१ गते भएकाले बहुमत दिलाएर पाँच वर्षसम्म ढुक्कले राज्य चलाउन दिन आग्रह गर्नुभयो । निर्वाचनले निकास दिँदैन भन्ने आवाज अहिले उठेको भन्दै उहाँले जनताबाट मत लिने निर्वाचनले निकास नदिए केले दिन्छ भनी प्रश्न गर्नुभयो । मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती जस्ताको निकास दिने भनेको नै निर्वाचन भएको उहाँको भनाइ छ । उहाँले वाचापत्र गरेको हुँदा वाचा पूरा गर्ने दाबी गर्दै जनता जागेका बेला ढुक्क भएर मतदान गर्न उल्लेख गर्नुभयो ।  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर