नेभिगेसन मेनु

छ सय जना प्रहरी कारबाहीमा
सम्पादक:南亚网络电视
समय:2026-01-08 12:17

 

 police-headquarters-

काठमाडौँ, पुस २४ गते । सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा प्रहरी प्रधान कार्यालयले झन्डै छ सय जना प्रहरीलाई कारबाही गरेको छ ।

सामाजिक सञ्जाल फेसबुक, एक्स (ट्विटर), टिकटकलगायत विभिन्न सामाजिक सञ्जालमार्फत सङ्गठनविरुद्ध अमर्यादित टिप्पणी गर्ने, गैरव्यावसायिक सामग्री पोस्ट गर्ने तथा प्रहरी पोसाक र हैसियत दुरुपयोग गर्ने प्रहरी कर्मचारी कारबाहीमा परेका हुन् ।

यो पछिल्लो पाँच वर्षमा गरिएको कारबाही सङ्ख्या हो । प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति उल्लङ्घन गरी कारबाहीमा पर्नेमा एक जना प्रहरी नायब महानिरीक्षक (डिआइजी), एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), चार जना प्रहरी उपरीक्षक (एसपी), पाँच जना प्रहरी नायब उपरीक्षक (डिएसपी), २४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) रहेका छन् ।

यसै गरी ११ जना प्रहरी वरिष्ठ नायब निरीक्षक अर्थात् वरिष्ठ सई, २४ जना प्रहरी नायब निरीक्षक (सई), ५१ जना प्रहरी सहायक निरीक्षक (असई), सात जना प्रहरी वरिष्ठ हवल्दार, ३५ जना प्रहरी हवल्दार, ७६ जना सहायक हवल्दार, ३५८ जना प्रहरी जवान तथा दुई जना प्रहरी कार्यालय सहयोगी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेलाई सङ्गठनको नीति र आचारसंहिताविपरीत कार्य गरेको ठहर गर्दै सख्त चेतावनी, नसिहतदेखि बढुवा रोक्कासम्मका कारबाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीले सामाजिक सञ्जाल प्रयोग व्यवस्थित र मर्यादित बनाउन २०७१ पुस ११ मा परिपत्र गरेको थियो । नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश, २०७७’ तथा विभिन्न मितिमा जारी परिपत्रमा सामाजिक सञ्जालमा हातहतियार, पोसाक, सवारीसाधन तथा प्रहरी गतिविधिसम्बन्धी भिडियो, फोटो अपलोड गर्ने, अमर्यादित टिप्पणी गर्ने वा सङ्गठनको गोपनीयतामा असर पर्ने सामग्री सार्वजनिक गर्न कडाइसाथ निषेध गरिएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर