नेभिगेसन मेनु

नेपाल ९९९ इमर्जेन्सी रेस्क्यू सेन्टर काठमाडौं र पोखरामा स्थापना
सम्पादक:南亚网络电视
समय:2025-12-24 18:37

Image_2025-12-24_152242_182

नेपालको आपतकालीन उद्धार क्षेत्रमा एक ऐतिहासिक घडी: नेपाल ९९९ इमर्जेन्सी रेस्क्यू सेन्टर (Nepal 999 Emergency Rescue Center) ले राजधानी काठमाडौं र पर्यटकीय नगर पोखरामा आधिकारिक रूपमा सञ्चालन सुरु गरेको छ। यो केन्द्र तिब्बत ९९९ इमर्जेन्सी रेस्क्यू सेन्टर र ओभरसिज फ्रेन्डशिप इन्टरनेशनल अस्पतालको संयुक्त रूपमा स्थापना भएको आपतकालीन उद्धार संस्था हो। यसको स्थापनाले नेपालमा एयरो-मेडिकल उद्धार, अन्तर्राष्ट्रिय चिकित्सा सेवा, शव दुवानी र उच्च हिमाली क्षेत्रको आपतकालीन चिकित्सा सेवाको क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ।

Image_2025-12-24_152125_919

हिमालयको महान भौगोलिक परिवेश भएको नेपालमा हरेक वर्ष करिब २० लाख पर्यटक पर्वतारोहणका लागि आउने गर्छन्। यी जोखिमयुक्त र चुनौतीपूर्ण पदयात्रा गतिविधिको गर्दा लेक लाग्ने, चोटपटक लाग्ने वा मृत्यु हुने घटनाहरू सामान्य छन्। केही विदेशी बिरामीहरू स्थिती सामान्य अवस्थामा आएपछि आफ्नो देश फर्किन चाहन्छन्, जसको लागि यस केन्द्रले प्रदान गर्दै आएको चिकित्सा स्थानान्तरण सेवाले ठूलो भुमिका खेल्द छ। नेपाल ९९९ इमर्जेन्सी रेस्क्यू सेन्टरको स्थापनाले नेपाल आउने सबै पर्यटक र स्थानीय निवासीहरूलाई विश्वसनीय "सुरक्षा कवच" प्रदान गर्नेछ।

"हवाई आइसियू" को स्थापना, उन्नत सुविधा र सामर्थ्य

Image_2025-12-24_152228_630

यस केन्द्रको मुख्य विशेषता यसको शक्तिशाली एयरो-मेडिकल उद्धार क्षमता हो। "हवाई आइसियू" र "सञ्चालनशील अस्पताल" को अवधारणा अन्तर्गत, उद्धार दलले हेलिकप्टर, फिक्स्ड-विंग विमान र उच्चस्तरीय एम्बुलेन्समा छिटो स्थापना गर्न सकिने विशेष उपकरणहरू (ह्यामिल्टन र रेस्मेड भेन्टिलेटर, एयरो-सक्सन, एयरो-अक्सिजन जनरेटर, एयरो-नेगेटिभ प्रेशर स्ट्रेचर, एयरो-डिफिब्रिलेटर मोनिटर, नवजात शिशु एयरो-ट्रान्सपोर्ट इनक्युबेटर, हाई-फ्लो अक्सिजन थेरापी उपकरण, बीरन इन्फ्युजन पम्प, आदि) सँगै सुसज्जित छ। यसले घटनास्थलदेखि अस्पतालसम्म, नेपालदेखि विश्वभरको स्थानान्तरणमा पनि निरन्तर, सुरक्षित र उच्च गुणस्तरको चिकित्सकीय हेरचाह सुनिश्चित गर्दछ।

Image_2025-12-24_152222_591

केन्द्रले "२४x७" घन्टा सेवा प्रदान गर्दै, गल्फस्ट्रीम ५५० जस्ता बिजनेस जेटहरू तथा नागरिक उड्डयनको ठूला विमानहरूमा स्ट्रेचर सुविधाको प्रबन्ध गर्दछ। साथै, नेपालभित्र अन्तर्राष्ट्रिय शव (र अस्थि) ढुवानी गर्ने सरकारी अनुमति पनि प्राप्त गरिसकेको छ।

व्यवहारिक अनुभव: सफल उदाहरणहरू

तयारी र प्रारम्भिक सञ्चालन चरणमा, केन्द्रले तिब्बत ९९९ को सहकार्यमा धेरै चुनौतीपूर्ण अन्तर्राष्ट्रिय स्थानान्तरण केसहरू सफलतापूर्वक सम्पन्न गरि सकेको छ, जसमा निम्न उल्लेखनीय छन्:

१. गम्भीर अवस्थाको बिरामीलाई हेलिकप्टर र ग्राउन्ड एम्बुलेन्सको सहकार्यद्वारा पोखराबाट चिनको शानडोङ प्रान्तको अस्पतालमा सुरक्षित स्थानान्तरण।

२. तिब्बतमा निधन भएको भारतीय पर्यटकको अस्थि भारत सम्म स्थानान्तरण; ल्हासाबाट रुस र बेलारुसमा दुई शव स्थानान्तरण।

३. ल्हासामा गम्भीर अवस्थामा रहेको नेपाली नागरीकलाई नेपाली दूतावासको समन्वयमा काठमाडौं सुरक्षित फिर्ता।

यी उदाहरणहरूले दक्षिण एसियालाई केन्द्रित गरी युरेशियामा फैलिएको अन्तर्राष्ट्रिय उद्धार नेटवर्कको रूपरेखा तयार पारेको छ।

नेपाल ९९९ इमर्जेन्सी रेस्क्यू सेन्टरले निम्न सेवाहरू प्रदान गर्दछ:

- अन्तर्राष्ट्रिय र नेपाल भित्र चिकित्सा स्थानान्तरण

- शव र अस्थि अन्तर्राष्ट्रिय ढुवानी

- घटनास्थल आपतकालीन उद्धार र उच्च हिमाली भेगमा विशेष उद्धार

केन्द्रमा चिन, नेपाल, भारत लगायतका देशबाटका श्वासप्रश्वास, गम्भीर रोग, आपतकालीन चिकित्सा जस्ता विभिन्न विषयका विशेषज्ञहरू रहेका छन्, जसले बहुभाषिक सेवा प्रदान गर्न सक्छन् र जटिल आपतकालीन परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्न सक्छन्।

भविष्यको योजना: नेपालको "सुरक्षा जाल" निर्माण

Image_2025-12-24_152159_135

नेपाल ९९९ इमर्जेन्सी रेस्क्यू सेन्टरले आफूलाई नेपालको आपतकालीन प्रणालीको एक महत्त्वपूर्ण कडी बनाउने लक्ष्य राखेको छ, र देशभित्र राम्रो सुरक्षा संरचना निर्माणमा सहयोग पुर्याउनेछ। भविष्यमा, केन्द्रले नेपाल सरकार, चिकित्सा संस्था, पर्यटन निकाय तथा सामाजिक सङ्गठनहरूसँग सहकार्य बढाएर, नेपालको समग्र आपतकालीन चिकित्सा र पर्यटन सुरक्षाको स्तर उकास्न प्रयास गर्ने छ। यसबाट प्रत्येक पर्यटकले यहाँको प्राकृतिक र सांस्कृतिक सौन्दर्यलाई निश्चिन्त भएर अनुभव गर्न सक्नुका साथै स्थानीय आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने छ।

सम्पर्क र उद्धार नम्बरहरू:

- नेपाल उद्धार फोन: +९७७-९७०-०३३३९९९ / +९७७-९८५-१३३७९८९

- चीनभित्र सहयोग फोन: ०८९१-९६३३० / १७७८९९९३९९९

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर