नेभिगेसन मेनु

रास्वपा र उज्यालो नेपालबिच एकता
सम्पादक:南亚网络电视
समय:2025-12-30 11:45

 

 kulman-

काठमाडौँ, पुस १५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबिच सातबुँदे सहमतिपछि एकता भएको छ । रास्वपाका सभापति रवि लामिछाने, उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्याय र साक्षीका रूपमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबिच सोमबार राति एकतामा हस्ताक्षर भएको हो । रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट चुनाव चिह्न घन्टी लिएर जाने सहमति भएको जानकारी दिनुभयो । रास्वपाको केन्द्रीय सभापतिमा लामिछाने, उपसभापतिमा कुलमान घिसिङ, डोलप्रसाद अर्याल, स्वर्णिम वाग्ले रहने उहाँले बताउनुभयो । उज्यालो पार्टीमा आबद्ध नेताकार्यकर्तालाई योग्यताबमोजिम समेटिने बताइएको छ । गत सोमबार, बिहीबार, शुक्रबार र शनिबार रास्वपा सभापति लामिछाने, काठमाडौँ महानगरका मेयर शाह र मन्त्री घिसिङबिच पार्टी एकताका विषयमा संवाद भएको थियो । सोमबार अपराह्न रास्वपा सभापति लामिछाने, काठमाडौँ महानगर मेयर शाह र जेनजी नेता सुदन गुरुङले संवाद अघि बढाएपछि एकताको समझदारी बनेको हो । 

यस्तो छ सहमति 

जेनजी युवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै घाइते तथा सहिद परिवारका मागको यथोचित सम्बोधन गर्ने, सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध रही सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने, बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आमनागरिकका आकाङ्क्षा सम्बोधन गर्न पहल गरिने, सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिबिच सहकार्य गरिने भएको छ । यसै गरी नयाँ राजनीतिक शक्तिलाई स्थापित गर्न अपरिहार्य रहेको तथ्यलाई आत्मसात् गर्दै जाने, जेनजी आन्दोलनलगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनका सहिद एवं घाइतेको बलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै समान अठोट बोकेका शक्तिको सहकार्यमार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्ने सहमति भएको छ । 

नेपाललाई १० वर्षभित्र मध्यम आयमा लगिने

नेपाललाई उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, योग्यताप्रणालीको स्थापना, भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासनप्रति प्रतिबद्ध रहँदै संरचनात्मक सुधार गर्दै १० वर्षभित्र मध्यम आय भएको राष्ट्र बनाउने प्रतिबद्धता जनाइएको छ । मन्त्री घिसिङको उज्यालो नेपालको अभियानलाई अपनत्व लिएर रास्वपामा जोडेर सङ्गठनको संरचनालाई थप सक्षम र फराकिलो बनाएर जाने समझदारी भएको छ । यस्तै उज्यालो पार्टीमा आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने भनिएको छ ।     

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर