नेभिगेसन मेनु

आजदेखि एमाले महाधिवेशन
सम्पादक:南亚网络电视
समय:2025-12-13 12:32

 

 UML-stage--1

भक्तपुर, मङ्सिर २७ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन शनिबारबाट सुरु हुँदै छ । जेनजी (नवयुवा) को आन्दोलनपछि हुन लागेको एमालेको ११ औँ महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारीमा हुने र बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुने छ । भक्तपुरको सल्लाघारीमा शुक्रबार पत्रकार सम्मेलन गरी एमालेले महाधिवेशनको तयारी पूरा भएको जनाएको छ । 

ललितपुरको गोदावरीमा विधान महाधिवेशन गरिसकेको एमालेले भक्तपुरमा उद्घाटन गरेर  काठमाडौँमा बन्दसत्र हुने महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नेतृत्व चयन हुने छ । महाधिवेशनको उद्घाटन मध्याह्नपछि हुने नेकपा (एमाले) ले जनाएको छ । उद्घाटनअघि विभिन्न स्थानबाट जुलुस निस्किने छन् । ती जुलुस सल्लाघारीमा पुगेर उद्घाटन सभामा परिणत हुने छ । सिङ्गो काठमाडौँ उपत्यकाको कला, सामाजिक–सांस्कृतिक सभ्यता, परम्पराको प्रतिविम्बन जुलुसमा हुने एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जनसमुदायको उपस्थितिका हिसाबले ऐतिहासिक बनाउने छौँ,” एमालेले भक्तपुरमा पहिलो पटक महाधिवेशन उद्घाटन गर्दै छ । 

महाधिवेशनमा हुन सक्ने सवारी व्यवस्थापनलाई ध्यानमा राखेर एमालेले काठमाडौँतर्फबाट आउने सहभागीसहितका गाडीलाई गट्ठाघरमै रोक्ने तालिका बनाएको छ । त्यहाँबाट महाधिवेशन स्थलसम्म ३.१ किलोमिटर दुरी रहेको छ । त्यति दुरी जुलुससहित पुग्ने गरी व्यवस्थापन मिलाइएको देउजाले बताउनुभयो । पूर्वी नाका हुँदै आएका गाडी जगातीमै रोकिने छन् । त्यहाँ रहेका इँटाभट्टा, प्लटिङ आदि स्थलमा पार्किङ व्यवस्थापन गरिएको छ ।  “ललितपुरबाट आएका गाडी, सहभागीहरू शङ्खधर चोकमा जम्मा हुने र त्यहाँबाट जुलुससहित सभा स्थल जाने तय गरिएको छ,” एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले भन्नुभयो । एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जुलुसहरू सकेसम्म सडकको दायाँ–बायाँ रहेको सर्भिस लेन प्रयोग गरी अघि बढाइने बताउनुभयो । 

उद्घाटन समारोहमा तीन लाख मानिस उतार्ने एमालेले दाबी गरेको छ । उद्घाटन समारोह सकिएपछि भोलिपल्टदेखि भृकुटीमण्डपमा बन्दसत्र आयोजना हुने छ । महाधिवेशनका लागि देशभरबाट एमालेका प्रतिनिधिहरू भक्तपुरमा भेला भएका छन् । यिनै प्रतिनिधिहरूले एमालेको नयाँ नेतृत्व चयन गर्ने छन् । 

महाधिवेशन जनपरिचालन कमिटीका संयोजक डा. राजन भट्टराईले एमालेले ११ औँ महाधिवेशनबाट नयाँ मानक स्थापित गर्ने दाबी गर्नुभयो । भट्टराईले महाधिवेशनको उद्घाटनसत्रका लागि अहिलेसम्म कसैले नबनाएको ठुलो र प्रविधियुक्त मञ्च तयारी गरिएको उल्लेख गर्नुभयो । 

महाधिवेशनको उद्घाटनसत्रले प्रतिगमनविरुद्धको अभियानको सन्देश प्रवाह गर्ने उहाँले दाबी गर्नुभयो । “एमालेले महाधिवेशनमार्फत निर्णायक जवाफ दिन्छ,” उहाँले भन्नुभयो । पाँचौँ राष्ट्रिय महाधिवेशनदेखि निरन्तर मञ्च व्यवस्थापनमा खटिएका अनुभवी जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले सभास्थलभन्दा तीन किलोमिटर टाढासम्म सुनिने गरी आधुनिक साउन्ड सिस्टमको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । महाधिवेशनको मञ्च व्यवस्थापन तथा साउन्ड सिस्टममा करोडौँ खर्च गरिएकाले टाढाबाट नेताहरूको धारणा सुन्न सकिने व्यवस्था गरिएको उहाँले बताउनुभयो । सभास्थलमा मानिस बढी भएमा बाहिर सडक, पसल र खुला क्षेत्रमा समेत उपस्थिति रहने गरी व्यवस्थापन मिलाइएको छ । 

उहाँले नेपालको सांस्कृतिक पक्षको प्रवर्धनमा पनि एमालेले जोड दिएको उल्लेख गर्नुभयो । मञ्चमा तीन भाषा रञ्जना लिपिको नेवाः भाषा, नेपाली भाषा र अङ्ग्रेजी भाषामा सन्देशहरू जारी गरिएको छ । उद्घाटन सत्रमा दुई सयभन्दा बढी पहिचानजन्य जातीय समुदायको सांस्कृतिक प्रदर्शनी हुने उहाँले बताउनुभयो ।

 उद्घाटनसत्रमा प्रमुखसहित १६ राजनीतिक दलका अध्यक्ष र सभापतिहरूलाई निमन्त्रणा गरिएको स्थायी कमिटी सदस्य डा. भट्टराईले बताउनुभयो । सोही अनुसार छिमेकी देशका कूटनीतिक नियोगका केही प्रतिनिधि, उहाँहरूको शुभकामना सन्देश वाचन गरेर उद्घाटन सत्रमा सुनाइने उहाँले जानकारी दिनुभयो । एमाले बागमती प्रदेश प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले महाधिवेशनलाई ऐतिहासिक बनाउन प्रदेश कमिटीले तयारी गरेको बताउनुभयो । विशेष गरेर बागमती प्रदेशबाट ठुलो सङ्ख्यामा जनसमुदाय उपस्थित हुने उहाँले बताउनुभयो । 

एमाले काभ्रेका अध्यक्ष अध्यक्ष राजन भुर्तेलले एमालेको महाधिवेशनलाई विशेष बनाउने अभियानमा काभ्रे जुटेको बताउनुभयो । उहाँले काभ्रेबाट हजारौँको सङ्ख्यामा जनसमुदाय उपस्थित हुने उल्लेख गर्नुभयो । एमालेको अध्यक्षमा केपी शर्मा ओलीले निरन्तरता दिने घोषणा गर्नुभएको छ भने बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । एमालेको महाधिवेशनले हरेक पटक फरक फरक सन्देश दिने गरेको छ । 

एक सय आठ जना मनोनयन

यसै गरी,  नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकले ११ औँ महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनयन गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले १०८ जना प्रतिनिधि मनोनयन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार महाधिवेशनको निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गर्ने निर्णय सचिवालय बैठकले गरेको हो । 

“हाम्रो महाधिवेशनको निर्वाचित र पदेन आयोजकका हैसियतले भएका प्रतिनिधिको कुल सङ्ख्याको ५ प्रतिशतले हुन आउने १०८ जनाको नामावली पारित गरेको छ, त्यसलाई हामीले भोलि सार्वजनिक गर्ने छौँ,” ज्ञवालीले बैठकपछि सञ्चारकर्मीसँग भन्नुभयो । 

बैठकले विधान अधिवेशनबाट पारित दस्तावेजबाटै नेतृत्व चयन गर्ने निर्णय गरेको उपमहासचिव  ज्ञवालीले भन्नुभयो । उहाँका अनुसार २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी संरचनामा आधारित भएर नेतृत्व निर्माण गरिने छ । अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव गरी १५ सदस्य रहने व्यवस्था विधानमा छ । एमाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्ने तयारी गरिएको छ । 

एमाले अध्यक्ष लड्ने तयारीमा रहनुभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अवधारणापत्र महाधिवेशन प्रतिनिधिलाई वितरण गर्न दिने सहमति सचिवालय बैठकमा बनेको छ । पोखरेलको फरक दस्ताबेज महाधिवेशनको बन्दसत्रमा राख्न दिने सहमति भएको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । पोखरेलले मङ्सिर २२ गते महासचिव शङ्कर पोखरेललाई छुट्टै राजनीतिक एवं साङ्गठनिक दस्ताबेज बुझाउनुभएको थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर