नेभिगेसन मेनु

हरिवनको धुम्बे खोलामा पक्की पुल निर्माण सुरु
सम्पादक:南亚网络电视
समय:2025-12-09 12:12

 

 hariwan_AMfwI9C0w5

हरिवन । सर्लाहीको हरिवन नगरपालिका–४ स्थित पटौनाको धुम्बे खोलामा आज पक्की पुल निर्माणको शिलान्यास गरिएको छ ।

गणेशस्थान मन्दिर जाने बाटोमा पर्ने धुम्बे खोलामा हरिवन नगरपालिकाको १ करोड २२ लाख ९० हजार ५५ रुपैयाँ ७२ पैसाको लागतमा पक्की पुल निर्माण हुन लागेको हो । हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीको प्रमुख आतिथ्यतामा आयोजित औपचारिक कार्यक्रमबीच पुलको शिलान्यास गरिएको हो ।

बहुवर्षीय योजनाअन्तर्गत आगामी असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ साई सारा कन्स्ट्रक्सन प्रालि बागमती–५, मकवानपुरले पुल निर्माणको ठेक्का लिएको हरिवन नगरपालिकाका इन्जिनियर जकी अहमद सिद्धकीले जानकारी दिए । उनका अनुसार पुल निर्माणका लागि गत वैशाख १० गते ठेक्का सम्झौता भएको थियो ।

गणेशस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केदार बस्नेतको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा हरिवन–४ का वडाध्यक्ष केशवराज थापा, ३ का वडाध्यक्ष दिपमान लोप्चन, ७ का वडाध्यक्ष निरध्वज कार्की, १० का वडाध्यक्ष शम्भुप्रसाद मैनाली, ११ का वडाध्यक्ष शेष महबुब रेजा तथा हाम्रो कृषि सहकारी संस्थाका अध्यक्ष तिलक खड्कालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका वक्ताहरूले धुम्बे खोलामा पुल निर्माणपछि गणेशस्थान मन्दिरलाई धार्मिक तथा पर्यटन गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने र स्थानीयवासीको आवतजावत सहज हुने विश्वास व्यक्त गरेका छन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर