नेभिगेसन मेनु

भ्रष्टाचारविरुद्ध जेनजीको प्रदर्शन आज, राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने चेतावनी
सम्पादक:南亚网络电视
समय:2025-09-08 12:11

                                                                           

                                                                              balen-shah_kogPplvogc

एस् ए टी भी २३ भाद्र २०८२, काठमाडौँः  जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दैछन् । बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले पनि अनुमति दिएको छ । 

उनीहरूले एक विज्ञप्ति जारी गर्दै आफ्नो आन्दोलन शान्तिपूर्ण र कानुनी हुने बताएका छन् ।विज्ञप्तिमा आफ्नो आन्दोलनको उद्देश्य स्पष्ट पार्दै भ्रष्टहरूलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने रहेको उल्लेख गरेको छ । यो कदमबाट भ्रष्टाचारलाई निस्प्रभावी पार्दै न्याय, शान्ति र विकास सम्भव हुने विश्वास उनीहरूले लिएका छन् ।

जेनजीले प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गरेको छ । उनीहरूले आफ्नो शक्ति एकता, सृजनशीलता र सत्यमा रहेको बताएका छन् ।

आन्दोलनकारीले राजनीतिक दल र नेताहरूलाई यो प्रदर्शनलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न चेतावनी दिएका छन् । उनीहरूले यो आन्दोलन कुनै राजनीतिक लाभका लागि नभई नेपालको भविष्यका लागि भएको स्पष्ट पारेका छन् ।

जेन जीले सरकार र राज्यका निकायहरूलाई पनि शान्तिपूर्ण प्रदर्शन गर्ने आफ्नो अधिकारको सम्मान गर्न माग गरेको छ । यदि आन्दोलनमाथि हिंसा वा अवैध बल प्रयोग गरिएमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने र त्यस्ता कार्यहरू मानवअधिकार उल्लङ्घन हुने पनि उनीहरूले चेतावनी दिएका छन् ।

542707839_24503053055988134_7297354990950836788_n

सुरक्षा रणनीति

माइतीघरमा हुने प्रदर्शनबारे जिल्ला सुरक्षा समितिमा छलफल भएको छ । आइतबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा चुनौतीको विश्लेषण गरेको हो । 

बैठकले प्रदर्शनमा अपनाइने सुरक्षा रणनीति तय गरेको सुरक्षा समितिका एक सदस्यले रातोपाटीलाई बताए । प्रशासनले सो प्रदर्शनमा ‘घुसपैठ’ हुनसक्ने सुरक्षा विश्लेषण गरेको छ । २८ वर्षभन्दा मुनिको उमेर समूहका युवा पुस्ताले गर्ने प्रदर्शनमा घुसपैठ हुनसक्ने आकलन गरिएको उपत्यका प्रहरी कार्यालयका डीआईजी ओम रानाले बताए । उनले भने, ‘हामीले त्यहीअनुसार सुरक्षा रणनीति तयार गरेका छौँ ।’

प्रदर्शन आयोजकहरूले शान्तिपूर्ण भने पनि घुसपैठको आकलन गरेर जिल्ला सुरक्षा समितिले ‘एकीकृत सुरक्षा योजना’ लागु गरेको छ । प्रदर्शनमा चैत १५ मा हिंसात्मक प्रदर्शन गरेर भर्खरै थुनामुक्त भएका दुर्गा प्रसाईंले पनि ऐक्यबद्धता जनाएका छन् । विभिन्न व्यक्ति र समूहले प्रदर्शनमा ऐक्यबद्धता जनाइरहेका छन् । घुसपैठ हुनसक्ने आकलन गर्दै डीआईजी ओम रानाले भने, ‘त्यसबारे आयोजकहरू पनि सजग हुनुहुन्छ होला ।’

प्रदर्शनको नाममा महत्त्वपूर्ण संस्थाहरूमा तोडफोड र सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रयास भए कारबाही गर्ने प्रहरीको तयारी छ । डीआईजी राना भन्छन्, ‘कानुनविपरीत क्रियाकलाप हुन दिँदैनौँ, हामीले त्यहीअनुसार जनशक्ति परिचालन गरेका छौँ ।’

उच्छृङ्खल क्रियाकलाप गर्नेहरूबारे सूचना संकलन गर्न सादा पोसाकका प्रहरी परिचालन गरिने भएको छ । जिल्ला सुरक्षा समितिले तयार गरेको एकीकृत सुरक्षा योजनाअनुसार माइतीघरमा प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचाल गरिने छ ।

युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमा ‘नेपो बेवी’ ट्रेन्ड चलाएका छन् । कसैका बुवा ठुलो पदमा पुगेको आडमा छोराछोरीले मोजमस्ती गरेको भन्दै उनीहरूले त्यस्ता छोराछोरीको विरोध गर्ने भएका हुन् ।

नेपो बेवी ट्रेन्डका कारण भीआईपीका छोराछोरीमाथि आक्रमण वा घरमा तोडफोड गर्नसक्ने आकलन गरिएको जिल्ला प्रहरी कार्यालय काठमाडौँका एक अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘प्रदर्शनमा नेतृत्व नभएकाले भिड अराजक भएर अवाञ्छित क्रियाकलाप हुन सक्ने हाम्रो आकलन छ ।’

र यसलाई रोक्न माइतीघरबाहेक अन्य चुनौतीपूर्ण ठाउँमा पनि सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । प्रदर्शन आयोजकहरूले ‘हामी कानुन बुझ्छौँ त्यसको पालना गर्छौँ’ भनेका छन् । 

निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी उक्त प्रदर्शन आयोजना गर्न अनुमति दिइएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले रातोपाटीलाई बताए ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर