नेभिगेसन मेनु

मोरङको केराबारीमा आगलागी हुँदा ७ लाखको क्षति
सम्पादक:南亚网络电视
समय:2025-03-26 12:11

morang aaglaagi

एस् ए टी भी १३ चैत्र, काठमाडौँः मोरङको केराबारी गाउँपालिका–९ मा मंगलबार साँझ एक घरमा आगलागी भएको छ।  

केराबारी–९ का रामबहादुर गुरुङको घरमा आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको मोरङ प्रहरीले जनाएको छ।

इँटाको गाह्रो र टिनको छानो भएको १ तले घरमा खोले पकाउने क्रममा अचानक आगलागी भएको प्रहरीले जनाएको छ। विभिन्न स्थानबाट पुगेको दमकल, प्रहरी र स्थानीयको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा आएको थियो।

आगोले घरसहित भित्र रहेका काठपात, लत्ताकपडा, अन्नपातलगायत सबै सामान जलेर नष्ट हुँदा करिब ७ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ।  

घटनामा मानवीय तथा चौपाया क्षति भएको छैन भने घटनाको थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर