नेभिगेसन मेनु

नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यकासाथ दोस्रो ड्रागन बोट फेस्टिवलको पत्रकार सम्मेलन सम्पन्न
सम्पादक:南亚网络电视
समय:2024-12-22 19:37

ntb 1

एस् ए टी भी ०६ पौष, काठ्माण्डौंः नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यकासाथ गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियों दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल डागन बोट एशीसिएशन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एशोसिएशनको सह-आयोजनामा पर्यटकीय राजधानी पोखरामा दोस्रो ड्रागन बोट फेस्टिवल आयोजना गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन्।

ntb6

२०८१ पुस १४ र १५ गते (२९-३० डिसेम्बर २०२४) आयोजना हुन लागेको ड्रागन बोट प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहने आयोजकले जनाए। २ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले १ हजार २०० सय डलर पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, सहभागी बाँकी १७ वटा समूहलाई प्रति समुह पाँच सय डलर पनि प्रदान गरिनेछ ।

ntb5

पत्रकार सम्मेलनमा बोल्दै नेपाल टुरिजम बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले कार्यक्रमको बारेमा छोटो जानकारी दिँदै, पत्रकार तथा सञ्चारकर्मीलाई कार्यक्रमको ब्राण्डिङ गरेर सहयोग गरिदिन आग्रह गरे।

ntb4

नेपल स्थित चिनियाँ राजदूतावासका कार्यवाहक राजदूत वाङ सिनले नेपालको पोखरामा हुन लागेको यस प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको हुने र कडा प्रतिस्पर्धा हुनेमा विश्वास व्यक्त गरे। ड्र्यागन डुङ्गा रेसका साथसाथै अन्य विभिन्न कार्यक्रम गर्ने सिलसिला भएको पनि उनले बताए। यो कार्यक्रमले नेपाल चीन सम्बन्धमा अझ प्रगाढता आउनेमा उनको विश्वास छ।

ntb3

चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यस चाड मनाउने परम्परा रहेको छ। यस चाड मनाउन चीन सरकारले सार्वजनिक विदा दिएको हुन्छ । चीनमा बालबालिकादेखि बुढाबुढीसम्मले हर्षोल्लासपूर्वक यस चाड मनाउने गर्दछन् । चिनियाँ भाषामा 'डुआन्यु जी' भनिने ड्रागन बोट फेष्टिभल चीनको चार वटा ठूला चाडमध्ये एक हो। चीनमा ड्रागनलाई सकारात्मक शक्तिको रूपमा लिइने गरिन्छ ।

चीन सरकारकै अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन वोट फेस्टिवल पटक सफलतापूर्वक आयोजना गरिएको थियो। चीनले यस खालका प्रतियोगिता विश्वका ५० वटा देशमा आयोजना गर्ने गरेको छ । यस प्रतियोगिताले नेपाल र चीनका नागरिकबीच सुमधुर सम्बन्ध स्थापित हुनाको साथै नेपालको पर्यटन प्रर्वद्धन हुने अपेक्षा राखिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर