नेभिगेसन मेनु

बारा बस दुर्घटना: घाइते एकको मृत्यु, ४२ जनाको उपचार हुँदै
सम्पादक:南亚网络电视
समय:2024-09-16 16:58

bara bus accident

एस् ए टी भी, ३१ भाद्र, काठमाण्डौं : विराटनगरबाट दाङ जाँदै गरेको यात्रुवाहक बस आइतबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। बसमा सवार अन्य ४२ जना घाइते छन्।

आइतबार राति खुला महेन्द्र राजमार्गको निजगढ नगरपालिका–८ स्थित उनासी पुल नजिकै ना ८ ख ११६४ नम्बरको दुर्घटनामा परेको थियो।

दुर्घटनामा ज्यान गुमाउनेमा दाङ देउखुरी गटवा गाउँपालिका–५ का बस्ने ४५ वर्षीय चेतन राय यादव रहेका छन्। बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार उनको उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको हो।

दुर्घटना गम्भीर घाइते हुनेहरूमा बस चालक सल्यान सारदा नगरपालिका-३ का भोला बहादुर भण्डारी, सह-चालक दाङ तुल्सिपुर नगरपालिका-५ का कृष्ण बहादुर बुढाथोकी,  प्युठान सरुमाइरानी गाउँपालिका-३ का ईमा राम सुनार, सुर्खेत भेरी गंगा नगरपालिका-११ का सोनु बिक , अर्घाखाँची रोम बहादुर राउत लगायत रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेहरूको वीरगन्ज स्थित ब्योधा अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए।

बसको अगाडीको पट्टा भाँचिएर अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। बस पुलबाट करिब दश मिटर तल खसेको थियो। बसमा चालक र सहचालकसहित ४३ जना सवार थिए।

घाइतेहरू मध्ये १५ जनाको अवस्था मध्यम र २० जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर