नेभिगेसन मेनु

पूर्वराज्यमन्त्री रायको हत्या
सम्पादक:南亚网络电视
समय:2024-07-22 15:13

WeChat Screenshot_20240722125452

साउन ७ गते ।  सर्लाहीको चन्द्रनगर गाउँपालिका रतनपुरका  ८० वर्षीय  रामचन्द्र राय मृतावस्थामा फेलापरेका छन् ।  टाउकोमा धारिलो हतियार प्रयोग गरिएका अवस्थामा पूर्व भूमिसुधार राज्यमन्त्री रायको शव गएराति चन्द्रनगर–१ रतनपुरमा फेलापरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको बताउनुभयो  । “घटनास्थलको प्रकृति हेर्दा उहाँको हत्या भएको आशङ्का छ”, प्रहरी उपरीक्षक सिंहले भन्नुभयो, “लालगढबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेका छौँ ।” घटनास्थलमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोख्रेलसमेतको टोली उपस्थित रहेको जनाइएको छ । रासस

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर