नेभिगेसन मेनु

स्याङ्जाका यी कर्णेलले कति मात्रै खेलाउन सकेको !
सम्पादक:南亚网络电视
समय:2024-07-20 12:56

b_0WGhOefhGs

सेनाका एक जना लेफ्टिनेन्ट कर्णेल सुदिप अर्याल अनिवार्य तालिममा सहभागी नभए पनि बिचौलियाको काम गर्दागर्दै बढुवा भएका छन् । मेजरबाट कर्णेल बन्न सिएससी तालिम अनिवार्य छ । 

‘गणपति बन्न ‘इन्ट्रान्स एक्जाम’ लिइन्छ,तर त्यो नलिई माथि उकालिने यिनी दुर्लभ प्राणी हुन्,’जंगी अड्डा स्रोतले भन्यो । अर्याल चार पछिला र तीन पुराना प्रधानसेनापतिको कार्यकालदेखि रक्षा मन्त्रालयमा समन्वयकारीको जिम्मा लिएर कुदिरहेका छन् ।

हालै नियुक्त एकजना वरिष्ठ मन्त्रीलाई  उनी असार तेस्रो सातासम्म भैंसेपाटी क्षेत्रमा मर्निंग वाक गर्दै भेगीय नाताले ‘मामा’ सम्बोधन गर्थे । उनी स्याङ्जाको जैसीडाँडाका अर्याल हुन् ।

नयाँ मन्त्रिमण्डलमा भएको रक्षामन्त्री परिवर्तनलाई समेत उनकै प्रभावसँग जोडेर विश्लेषण गरिएको छ । पूर्वमन्त्री हरि उप्रेतीले आगामी प्रधानसेनापतिको लाइनमा रहेका रथी अशोक सिग्देलको जन्ममिति विवादसम्बन्धमा जङ्गी अड्डा र सचिवले विज्ञप्ति निकाल्न दबाब दिँदा आनाकानी गरेका थिए । रक्षाले नमानेपछि नयाँ मन्त्रीले कुरै बुझ्न नपाउँदै अस्ति बिहिवार स्वयं सेनाले यसवारे मुख फोरेको छ ।

‘बाघ कराउनु र बाख्रा हराउनु’ भनेझैं यतिखेर उप्रेतीको अप्रत्यासित बहिगर्मनलाई पनि अर्यालकै ‘हैसियत’सँग जोडेर चर्चा गर्न थालिएको बताइन्छ । भलै उनलाई विभिन्न अनुुसन्धानको क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ब्ल्याक लिष्टमा राखेको पनि एकथरीको भनाइ छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर