नेभिगेसन मेनु

चिनियाँ पाहुना टोलीको पहिले गृहमन्त्री, लगत्तै सचिवसँग भेटवार्ता
सम्पादक:南亚网络电视
समय:2024-06-20 13:07

chinese_E1S8q6Caq9

नेपाल भ्रमणमा रहेको चीनको सिचुआन प्रान्तका उपगभर्नर तथा सार्वजनिक सुरक्षा विभागका कमिसनर ये हानपिङ नेतृत्वको टोलीले गृहमन्त्री र गृहसचिवसँग भेटवार्ता गरेको छ ।

उपगभर्नर ये हानपिङले बिहान ११ बजे गृह मन्त्रालय पुगेर गृहमन्त्री रवि लामिछानेसँग भेट गर्नुभएको हो । त्यसपछि १२ बजेको समयमा सोही टोलीले गृहसचिव एकनारायण अर्यालसँग कुराकानी गरेको बताइन्छ ।

दुबै भेटमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङलगायत भ्रमण दलका झण्डै आधा दर्जन सदस्य थिए । चिनियाँ उच्चस्तरीय पाहुना टोली हिजो बिहान छन्तुबाट काठमाडौं आइपुगेको हो । भोलि दिउँसो १ बजे श्रीलंकन एअरलाइन्सको उडानमा कोलम्बो जाने कार्यक्रम छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर