नेभिगेसन मेनु

रुकुम पश्चिममा बाढीले पाँच घर बगाउँदा तीन बालिकाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-07-17 14:02

badi-rukum2024-07-17-06-39-53

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– १२ झिनचौरस्थित गिजाखोलाको बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । सोमबार मध्यराति खोलाको बाढीले खेतसहितको जमिन कटान गरेर पाँच घर बगाउँदा मानवीय क्षतिसमेत भएको हो ।

रुकुम पश्चिम प्रहरी कार्यालयका प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार झिनचौरका रुद्र पुनका १० वर्षीया छोरी हितमाया र आठ वर्षीया धनिसा तथा रुद्रकी भान्जी चार वर्षीया मनीषा सार्कीको ज्यान गएको हो । उनीहरूको शव घरभित्र पुरिएको अवस्थामा फेला परेको थियो । मनीषा मामाघर गएकी थिइन् । त्यस्तै, ३८ वर्षीय डिल्ली बुढाथोकीलाई बाढीले बगाएको छ । उनको अवस्था अज्ञात छ । राति १२ बजे बाढी आए पनि बिहान ३ बजे मात्र पालिकाको नगर प्रहरी र नेपाल प्रहरी घटनास्थल पुगेको थियो । 

सुतिरहेको अवस्थामा बाढी आएकाले तीन बालिकालाई बचाउन नसके पनि अन्य सदस्य भने भाग्न सफल भएको नगर प्रहरी खम्बु बाठाले जानकारी दिए । बाढीले घर बगाउँदा नौजना घाइते भएका छन् । झिनचौरका विजय सार्की, मनीषा पुन, मनसरी पुन, जनक खत्री, रुद्र पुनका चार वर्षीय छोरा मेक्सन, २८ वर्षीया धनमाया पुन, कल्पना कामी, टीकाराम कामी र शेरबहादुर पुन घाइते भएका छन् । धनमाया गर्भवती छिन् । उनीहरूको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार बाढीले बमबहादुर खत्रीको घर र पसल, डिल्लीबहादुर बुढाथोकीको घर, धनजित सार्कीको घुम्ती पसल, भूकम्पपीडित रुद्र पुनको अस्थायी टहरा र दीपक परियारको कच्ची घर, टहरा र शौचालय बगाएको छ ।

संखुवासभामा टहरामाथि पहिरो खस्दा सासू–बुहारीको मृत्यु 

संखुवासभाको सिलिचोङ गाउँपालिका– १ सिसुवाखोलामा टहरामाथि पहिरोसहितको ढुंगा खस्दा सासू–बुहारीको ज्यान गएको छ । मंगलबार बिहान ५ बजे पहिरोमा परेर सासू मोतीमाया कुलुङ र बुहारी समीक्षा कुलुङको मृत्यु भएको प्रहरीले जनाएको छ । समीक्षाका श्रीमान् वैदेशिक रोजगारीमा छन् । 

गम्भीर घाइते मोतीमायाकी छोरी रविना कुलुङलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरी अस्पताल काठमाडौं लगिएको छ । परिवारका बाँकी तीन सदस्य (मोतीमायाका श्रीमान् र छोराछोरी)ले भने भागेर ज्यान जोगाएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए । सिसुवा बजारबाट पैदल दुई घण्टाभन्दा धेरै समय लाग्ने उक्त ठाउँ दुर्गममा पर्छ । 

सिलिचोङ– १ का वडाध्यक्ष गणेश कुलुङका अनुसार कुलुङ धान रोप्नका लागि खेतनजिकै अस्थायी रूपमा टहरा बनाएर बसेका थिए । तर, अविरल वर्षासँगै मंगलबार बिहान टहरामाथिबाट पहिरो र ढुंगा पल्टिएर गोठ भत्काउनुका साथै दुईजनाको घटनास्थलमा मृत्यु भएको उनले बताए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर