नेभिगेसन मेनु

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कनुहुँदै
सम्पादक:南亚网络电视
समय:2024-06-10 11:46

a-

जेठ २८ गते । भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथ ग्रहण समारोहमा भारत प्रस्थान गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किँदै हुनुहुन्छ । 

भारतीय प्रधानमन्त्री मोदीको औपचारिक निमन्त्रणमा आइतबार दिउँसो भारत प्रस्थान गर्नुभएका उहाँले भरतमा समकक्षी मोदीको शपथग्रहण समारोहमा भाग लिनुका साथै शिष्टाचार भेटवार्ता समेत गर्नुभएको छ । भेटमा उहाँहरूबिच नेपाल–भारतबिच रही आएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबिच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो । 

प्रधानमन्त्री दाहालसँग कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी हुनुहुन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर