नेभिगेसन मेनु

भारतको बेंग्लोरमा ग्यास लिक हुँदा एकै परिवारका पाँच नेपालीको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-06-04 12:34

gassleak12024-06-04-06-17-51

भारतको कर्नाटक राज्यस्थित बेंग्लोरमा ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका पाँचजना नेपालीको मृत्यु भएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावासका अनुसार बेंग्लोरस्थित यलहंका भन्ने ठाउँमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा बझाङ जयपृथ्वी नगरपालिका– ११ निवासी ३२ वर्षीय मदन बोहराको परिवारका पाँच सदस्यको मृत्यु भएको हो । 

भारतका लागि नेपाली राजदूत शंकर शर्माले घटनाबारे राजदूतावासले स्थानीय प्रहरीसँग समन्वय गरेको र नेपालमा परिवारका सदस्यलाई खबर पठाइएको बताए । ‘परिवारसँग खबर गरेका छौँ । सम्पर्कमा आइसकेका छैनन् ।

आएपछि के गर्न सकिन्छ, के पाउन सक्ने रहेछ, क्षतिपूर्तिको सन्दर्भमा दूतावासले पहल गर्छ,’ राजदूत शर्माले भने । मृतकको शव व्यवस्थापनमा बेंग्लोरस्थित नेपाली समुदाय र राजदूतावास मिलेर अगाडि बढ्ने उनको भनाइ छ । 

दूतावासका अनुसार ग्यास लिक हुँदा मृत्यु हुनेमा ३२ वर्षीय मदनका साथै उनकी पत्नी ३० वर्षीया प्रेमजला, छोरीहरू ११ वर्षीया निता र आठ वर्षीया अनिता तथा चार वर्षीय छोरा प्रशान्त रहेका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर