नेभिगेसन मेनु

अपहरणमा परेकी बालिकाको उद्धार
सम्पादक:南亚网络电视
समय:2024-06-04 12:08

kidnapped

महोत्तरीबाट अपहरणमा परेकी एक बालिकाको प्रहरीले सर्लाहीबाट सकुशल उद्धार गरिएको छ । सोनमा गाउँपालिका ४ की ६ वर्षीय आकृति यादवको आइतबार अपराह्न ४ बजेतिर घरबाटै अपहरण भएको थियो । 

बालिकाको हजुरबुबा रामईश्वर यादवका अनुसार साधुको भेषमा भिक्षाटन गर्दै सोनमा पुगेका गौशाला नपा १० बटौवाका लालबाबु मण्डलले आकृतिको अपहरण गरेका थिए । 

बालिका हराएपछि खोजतलास गर्दा पनि सम्पर्कमा नआएपछि परिवारमा रुवावासी चलेको थियो । 

सूचना पाएलगत्तै गौशाला प्रहरी पनि घटना छानबिनमा जुटेपनि बिहानसम्म पनि केही पत्तो लागेको थिएन । यो घटना सामाजिक सञ्जालमा बालिकाको फोटोसहित भाइरल भएको थियो । अपहरणकारीले बालिकालाई बटौवास्थित आफ्नो घरमा लगेर रातमा डर त्रास देखाई राखेको र सोमवार (आज) बिहान ६ बजेतिर करिब १२ किमी पश्चिम सर्लाहीको ईश्वरपुर नगरपालिका ५ स्थित खुवलाल टोलका वडा सदस्य जलेश्वर राम महराको घरमा पुर्‍याएका थिए । 

अपहरणपछि काबुमा पारेर बटौवाको घरमा पुर्‍याएपछि अपहरणकारी मण्डलले कुटपिट गर्नुका साथै घट्नाबारे कहीँ कतै नबोल्न धम्की दिएको परिवार र प्रहरी समक्ष बालिकाले बताएकी छिन् । यसैबिच महराको घरमा नाटकीय घटना घट्यो । त्रासमा रहेकी बालिकाले खाना खाने समयमा एकान्त पारेर महराकी श्रीमतीलाई साधुले आफूलाई बिस्कुट खान दिएर फकाउँदै लगेको र केही पर पुर्‍याएपछि मुख थुनेर बोल्न नदिई यहाँसम्म ल्याएको बताएपछि अपहरणको रहस्य खुलेको थियो ।  

श्रीमतीबाट यो जानकारी पाए लगत्तै वडा सदस्य महराले घट्नाबारे तत्काल प्रहरीलाई जानकारी गराएपछि बालिकाको उद्धार र साधुको भेषमा रहेका मण्डललाई पक्राउ गरी सोमबार (आज) अपराह्न ३ बजेतिर इलाका प्रहरी गौशालामा ल्याएको हो । 

"नातिनीलाई सकुशल भेट्न पाउँदा राहत मिल्नुका साथै परिवारको आँसु पुछिएको छ । वडा सदस्य महरा र प्रहरीप्रति हामी आभारी छौँ," रामईश्वरले भन्नुभयो । 

बालिकालाई किन अपहरण गरिएको हो स्पष्ट हुन सकेको छैन । प्रहरी उपरीक्षक नकुल पोखरेलले घट्नाको सूक्ष्म र सघन अनुसन्धान भइरहेको बताउनुभयो । उहाँका अनुसार बालिकालाई आजै परिवारको जिम्मा लगाउन प्रक्रिया सुरु गरिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर