नेभिगेसन मेनु

यस्तो छ संसद्को कार्यतालिका, संयुक्त सदनको बैठक ३ बजे
सम्पादक:南亚网络电视
समय:2024-05-14 12:18

sansad-bhawan

जेठ १ गते । आज सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक हुँदै छ । दिउँसो ३ बजे सुरु हुने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा नीति तथा कार्यक्रमको रिहर्सल गरिने छ । त्यसपछि १२ः३० बजे सभामुखको कार्यकक्ष संसद् भवनमा प्रमुख सचेतकहरूसँग सभामुखले छलफल गर्नुहुने छ । 

दिउँसो १ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक, शङ्कर हल, नयाँ बानेश्वरमा बस्ने छ । दिउँसो ३ बजे संयुक्त सदनको बैठक सकेपछि साँझ ६ बजे प्रतिनिधि सभाको बैठक सुरु हुने सचिवालयले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर