नेभिगेसन मेनु

भारतको निर्वाचनले पोखरा पर्यटन प्रभावित
सम्पादक:南亚网络电视
समय:2024-04-25 13:00

Fewa-lake

वैशाख १३ गते । पोखराको पर्यटन बजारमा भारतीय पर्यटकको सङ्ख्या उच्च रहेको अवस्थामा भारतमा हुन गइरहेको लोक सभा चुनावले गर्दा पोखराको पर्यटनमा कमी आएको छ ।

भारतमा अत्यधिक गर्मी सुरु हुनासाथ भारतीय पर्यटक नेपाल भ्रमण आउने र त्यसमा पनि पोखरा उनीहरूको रोजाइमा पर्ने गरेको थियो । चैतदेखि असारसम्म उल्लेख्य सङ्ख्यामा भारतीय पर्यटक आउने गरेकोमा यही अप्रिल १७ बाट सुरु भएको लोक सभाको चरणबद्ध निर्वाचनले पोखराको पर्यटन बजार प्रभावित भएको छ ।

वाराहीघाटको आरतीमा सामेल भएकी भारतको महाराष्ट्रकी अमृता पाटिलले आफूलाई निर्वाचनभन्दा पनि नेपाल घुम्न मन भएर आएको बताउनुभयो । उहाँले पोखरा निकै राम्रो रहेको सुनाउनुभयो । आफ्ना धेरै साथीले निर्वाचनका कारण नेपालको भ्रमण हाललाई स्थगित गरेको अर्का भारतीय पर्यटक सुभाष श्रीवास्तव बताउनुहुन्छ ।

एकातर्फ सहासिक पर्यटकको हिस्सा भारतीय पर्यटकले लिइरहेको अवस्थामा धार्मिक पर्यटक जसमा मुक्तिनाथसम्म पुग्ने पर्यटकमध्येमा पनि भारतीय पर्यटकको सङ्ख्या नै अधिक हुने गरेको टार्भल एसोसियसन पोखराका अध्यक्ष धर्मराज पन्थीले बताउनुभयो । निर्वाचनमा कतिपय भारतीयका लागि सरकारी तवरबाटै सीमानाकामा हुने सुरक्षा बन्दका कारण पर्यटकहरू प्रभावित भएको पन्थीको भनाइ छ ।

अहिलेको यो समयमा भारतबाट बालबच्चा र परिवारसहित पोखरा घुम्न आउने भएकाले यहाँको पर्यटन बजारलाई केही चलायमान गराउँदै आएको थियो । झन्डै दुई हप्ताको समयमा भारतीय पर्यटकको सङ्ख्या ह्वात्तै घटेपछि यहाँका होटल, रेष्टुराँलगायत अन्य क्षेत्रमा प्रभाव परेको अर्का पर्यटन व्यवसायी बच्चुराम तिवारीले जानकारी दिनुभयो ।

वरपिपल होटलका सञ्चालक जित गुरुङले अघिल्ला वर्षमा यो मौसममा भारतीय पर्यटकले भरिभराउ हुने होटल निर्वाचनका कारण प्रभावित भएको बताउनुहुन्छ । अहिले आफ्नो होटलमा १० प्रतिशत मात्र भारतीय पर्यटक रहेको बताउनुहुन्छ । 

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य एवं पर्यटन व्यवसायी वासु त्रिपाठीले पोखरामा आन्तरिक र बाह्य गरी वार्षिक १५ लाखभन्दा बढी पर्यटक आउने गरेकोमा चारदेखि पाँच लाखको सङ्ख्यामा भारतीय पर्यटक रहेका हुन्छन् भने तेस्रो मुलुकबाट आउनेको सङ्ख्या ३० प्रतिशत रहने बताउनुभयो ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिए पनि पोखरा आउने पर्यटकका लागि हवाई टिकट महँगो हुनु, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसक्नु र लुम्बिनीदेखि नारायणगढ र मुग्लिङदेखि पोखरासम्मको सडक समयमै निर्माण हुन नसक्नु पोखराका पर्यटन क्षेत्रका लागि अर्को दुर्भाग्य भएको पर्यटन व्यवसायी गणेश भट्टराईको भनाइ छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर