नेभिगेसन मेनु

बजार सामान्य अवस्थामा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-09 12:49

Untitled-1

पुस २४ गते । सर्लाहीको बरहथवा घटनामा गृह मन्त्रालयले गठन गरेको छानबिन टोलीले सोमबारबाट काम सुरु गरेको छ । गृह मन्त्रालयले शनिबार सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेको छानबिन समिति गठन गरेको थियो । आइतबार राति अबेर सर्लाही आइपुगेका टोलीले सोमबार बिहानै सदरमुकाम मलङ्गवामा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग बैठकसहित आवश्यक जानकारी लिएको छ । 

टोलीले सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, नेपाली सेनाका प्रमुख सेनानी सूर्यबहादुर कार्की, नेपाल प्रहरीका उपरीक्षक प्रवीण धिताल, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक सन्तोष ढुङ्गेलसहित जिल्लास्थित सुरक्षा अधिकारीहरूसँग जिल्ला प्रशासन कार्यालय मलङ्गवामा छलफल गरेको हो । त्यस्तै सोमबार मध्याह्न टोलीले बरहथवा नगरपालिका अन्तर्गत घटनास्थललगायत विभिन्न स्थानको अवलोकन गरेको छ ।

सोमबार दिउँसो राजनीतिक दलका प्रतिनिधिहरूसँग सदरमुकाम मलङ्गवामा छलफल गरिएको समितिको संयोजक गौतमले बताउनुभयो । शनिबारबाट सात दिनभित्र छानबिन प्रतिवेदन पेस गर्ने समयावधि पाएको समितिले सरोकारवाला पक्षहरूसँग तदारुकताका साथ काम गरिरहेको छ । 

सर्लाहीमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीसमेत समालिसकेका सहसचिव गौतम नेतृत्वको टोलीले प्रहरीको गोली लागेर गत शुव्रmबार मृत्यु भएका जयशङ्कर साह गोलीकान्ड घटनासहित समग्र अवस्थाको सत्यतथ्य छानबिन गरी अनुसन्धान प्रतिवेदन पेस गर्ने छ । 

आइतबार साँझ मृतकका परिवार, आन्दोलित दल र स्थानीय प्रशासनबिच ११ बुँदे सहमति भएपछि मृतक बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशङ्कर साहको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोस्टमार्टम गरी सोमबार अन्त्येष्टि गरिएको छ । 

सोमबार बिहान बरहथवा बजारमा शवयात्रा निकालेर बरहथवास्थित बागमती नदीको खर्साल घाटमा अन्त्येष्टि गरिएको हो । साहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बरहथवा नगरपालिकाले सोमबार नगरभित्र शोक बिदा दिएको थियो ।  

अवस्था सामान्य भएसँगै बरहथवा बजारका पसल, व्यवसाय सोमबारबाट खुल्न थालेका छन् । त्यस्तै तीन दिनसम्म बन्द भएको नयाँरोड–बरहथवा–मधुवनी सडकमा निर्बाध रूपमा सवारीसाधन सञ्चालन हुन थालेका छन् । 

शुव्रmबारको झडपपछि बन्दमा फसेका इन्दुशङ्कर, एभरेस्टलगायत चिनी मिलको उखु बोकेका दर्जनौँ ट्रक र ट्याक्टर गन्तव्यतर्फ लागेका छन् । आइतबार साँझ भएको वार्तामा मृतकलाई सहिद घोषणा गर्न पहल गर्ने, परिवारका एक सदस्यलाई बरहथवा नगरपालिकामा रोजगारी प्रदान गर्ने, प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा स्तरोन्नतिका लागि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने प्रव्रिmया अगाडि बढाउने, मृतककै नामबाट अस्पतालको नामकरण गर्ने, शुव्रmबार भएको घटनाको निष्पक्ष छानबिन गर्नेलगायत ११ बुँदे सहमति भएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर