नेभिगेसन मेनु

अझै चल्न सकेन गाडी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-26 16:27

Untitled-2 (2)

सर्लाही, असोज ९ गते । सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायण खोलामा यो वर्ष असोज लागिसक्दासमेत यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । 

गएको असारमा बाढी आएर खोलाको बाटो बिगारेदेखि त्यस भेगमा यातायातका साधन ठप्प भएका हुन् । सडक नपुगेको लालबन्दी नगरपालिका–१४ मा पर्ने नारायण खोलामा बाढी आउन छाडेपछि यातायात सञ्चालन गर्ने तयारी गरिएको छ । 

बस व्यवसायीसमेत रहनुभएका वडाध्यक्ष छेनामसिंह घिसिङले असोज १५ गतेबाट बस सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । “बेला बेलामा स्यार्रसुर्र पानी परेर खोलामा बाढी आइरहेकाले तत्काल बस सञ्चालन गर्न सक्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “असोज १५ तिरसम्म पानी घटेपछि बाटो मर्मत गरेर गाडी गुडाउन सुरु गर्ने तयारीमा छौँ ।” 

हिउँद महिनाभर खोलाको बगरबाट लालबन्दीदेखि नारायण खोला हुँदै सिन्धुलीको मरिणसम्म बस गुड्ने गरेका छन् । वर्षायामभर स्थानीय बासिन्दा पैदल हिँडेरै लालबन्दी बजार आउने गरेका छन् । बाढी नआएको समयमा स्थानीयवासीले ट्याक्टरमार्फत खाद्यान्न ढुवानी गर्ने गरेका छन् । कतिपयले नाम्लो लगाएरै समेत खाद्यान्न लाने गरेका छन् । 

नारायण खोलास्थित १५ बिघाका लालबहादुर पाख्रिनले दसैँसम्म बस सञ्चालन हुने आसमा बसेको बताउनुभयो । पसलका सरसामग्री बोक्न ट्याक्टरको प्रयोग गरे पनि मानिस बजारसम्म आउजाउ गर्नु पर्दा पत्थरकोटसम्म पैदल हिँडेरै आइरहेको उहाँले बताउनुभयो । 

स्थानीयवासीले गर्भवती तथा अन्य बिरामीलाई झोलुङ्गोमा बोकेर गाडी चल्ने ठाउँ पत्थरकोटसम्म ल्याउने गरेका छन् । महान् चाड दसैँ आउन अझै एक महिना बाँकी रहेकाले मध्य असोजसम्म खोलाको बगरबाट बस सञ्चालन भइदिए खाद्यान्न, कपडालगायतका वस्तु किनेर तथा आफूले पालेका खसीबोका बजारसम्म ल्याएर बिक्री गर्न सहज हुने स्थानीयवासीको आस छ । खोलामा पानी घटेपछि लालबन्दी नगरपालिका–१५, शिर कालिञ्जोर र ईश्वरपुर नगरपालिका–१२, पिपलदमार क्षेत्रमा पनि बस गुडाउने तयारी भइरहेको व्यवसायीले बताएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर