नेभिगेसन मेनु

उज्यालोको पर्खाइमा निसेलढोर गाउँ
सम्पादक:南亚网络电视
समय:2023-08-27 13:26

Untitled-1 (4)

म्याग्दी (दरबाङ), भदौ १० गते ।  बागलुङको दुर्गम र विकट गाउँ निसेलढोरका स्थानीय जुमबहादुर बुढामगर अहिले ७२ वर्षको हुनुभयो। निसीखोला गाउँपालिका–५ मा अवस्थित निसेलढोरवासी टुकी र दियालोको भरमा जीवन गुजारा गरिरहनुभएको छ। 

उहाँले भन्नुभयो, “टुकी र दियालोको भरमा दैनिकी गुजारा चलाउँदै आउनुभएका जुमबहादुरलाई गाउँमा बिजुली बलेको हेर्ने ठुलो धोको छ। हामीले गाउँमा मटितेलको टुकी बत्ती र सल्लाको दियालोको भरमा गुजारा चलाउँदै आइरहेका छौँ। गाउँमा बिजुली बलेको हेर्ने मेरो सपना सपना मात्रै होला जस्तो छ।” 

निसेलढोरवासी बिजुली मात्र होइन आधारभूत विकासबाट समेत वञ्चित छन्। नेपाल प्रहरीको प्रहरी नायब निरीक्षकबाट अवकाश प्राप्त उहाँ आफ्नो जीवनको अन्तिम समयसम्म गाउँमै विद्युत्सँगै अन्य गुणस्तरीय खानेपानी, स्वास्थ्य र शिक्षा पाउने आशामा हुनुहुन्छ। उहाँ मात्र होइन निसेलढोरवासी नै उज्यालोको पर्खाइमा छन्। 

उहाँका अनुसार उज्यालो भनेको टुकी र दियालो विस्थापित गरी विद्युत्को पहुँच पुग्नु मात्र होइन। गुणस्तरीय सञ्चार, शिक्षा, खानेपानी र स्वास्थ्यलगायत आधारभूत आवश्यकता नागरिकको पहुँचमा पुग्नु हो। उहाँकै शब्दमा भन्ने हो भने निसेलढोरले त्यही उज्यालोको दिन पर्खिरहेको छ। निसेलढोरवासी त्यही उज्यालो आउने आशामा छन्। 

भौगोलिक रूपमा दुर्गम अनि विकट निसेलढोर कृषि, पुशपालन, जडीबुटी र पर्यटनमा अथाह सम्भावना भएको गाउँ हो। यहाँ आलु, सिमी, स्याउ उत्पादन हुने गर्दछ भने स्थानीयले भेडाबाख्रा र गाईभैँसीसमेत पाल्ने गर्छन्। जुमबहादुरले भन्नुभयो, “निसेलढोर सबै हिसाबले अथाह सम्भावना भए पनि हामीले अहिलेसम्म केही लाभ लिन सकेका छैनौँ, विद्युत् नहुँदा रेडियो, लाइट र मोबाइल चार्ज गर्न उत्तरगङ्गा, निसीगाउँमै पुग्नुपर्ने बाध्यता छ।” 

वडाध्यक्ष हर्कमान घर्तीमगरका अनुसार, देशमा सङ्घीयता आएपछि केही वर्षपहिले मात्र बुर्तिबाङ बजारदेखि गाउँसम्म ५० किलोमिटर कच्ची सडक विस्तार भएको हो। उत्तरगङ्गा नदीमा पुल नबन्दा उक्त सडक पनि बर्सातको समयमा बन्द हुने गरेको छ। सडक पहुँचका कारण यहाँ उत्पादित वस्तु बजारसम्म पु¥याउन सहज भएको छ। पछिल्लो समय निसेलढोरमा पर्यटकसमेत जाने गरेका छन्। विद्युत्को सुविधा नहुँदा पर्यटक बास नबसी फर्कने गरेको वडाध्यक्ष घर्तीमगरको भनाइ छ। यस ठाउँ पर्यटकको रोजाइमा परेको सुनाउँदै विद्युत् र सञ्चारको पहुँच विस्तार हुन सकेमा यहाँका नागरिकको जीवनस्तर उकास्न सहयोग पुग्ने छ। 

निसेलढोरमा विद्युत् पु¥याउन सरोकारवाला निकायलाई बारम्बार आग्रह गरे पनि सुनुवाइ हुन नसकेको स्थानीयको गुनासो छ। केही भिरालो केहीसम्म परेको भूगोलमा अवस्थित निसेलढोरगाउँमा वेशभूषा, रीतिरिवाज र जीवनशैली अन्यको भन्दा केही फरक छ। नेपालकै एक मात्र ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पर्ने निसेलढोरबाट गाउँपालिकाको केन्द्रमा पुग्नै झन्डै एक दिन लाग्छ। 

गाउँपालिकादेखि सिधा सडक सञ्जालले नजोडिएको हुँदा यहाँ पुग्न ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार हुँदै जानु पर्छ। निसेलढोर गाउँको जनसङ्ख्या करिब चार सय रहेको छ। गाउँपालिका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरका अनुसार हिउँदमा बेँसी र बर्खामा लेकमा बस्नु निसीखोला–५ वासीको परम्परा जस्तै हो। उनीहरूले सयौँको 

सङ्ख्यामा पशुचौपाया पाल्ने हुँदा लेकबेँसी गर्नु परेको हो। भौगोलिक विकटताका कारण निसेलढोर विकासमा पछाडि परेको उपाध्यक्ष घर्तीमगरको भनाइ छ। 

गाउँपालिका अध्यक्ष सूर्य घर्तीमगरले भौगोलिक रूपमा दुर्गम र विकट निसेलढोरको विकास लागि गाउँपालिकाले पहल गरिरहेको बताउनुभयो। यहाँ आधारभूत तहको कक्षा ५ सम्म मात्र पढाइ हुँदै आएको छ। कक्षा ५ पछि माध्यमिक तहको अध्ययनका लागि निसीगाउँस्थित ज्ञानेन्द्र माविमा जानुपर्ने बाध्यता छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर