नेभिगेसन मेनु

पर्यटकीय गन्तव्यमा पदयात्रा
सम्पादक:南亚网络电视
समय:2023-07-30 16:40

Palpa-Touriwm_jR3OEoPsEe

तानसेनका ग्रामीण क्षेत्रका पर्यटकीय गन्तव्यको पहिचान तथा प्रचारप्रसारका लागि नगरपालिकाले पदयात्रा अभियान सञ्चालन गरेको छ। नाट्टा पाल्पा, नाट्टा लुम्बिनी र टुरिजम एक्सन कमिटी तानसेनको संयुक्त पहलमा नगरभित्रका नयाँनयाँ पर्यटकीय गन्तव्यको खोजी तथा प्रचारप्रसारका साथै पदयात्रा अभियान सुरु गरिएको हो। 

नयाँ पर्यटकीय गन्तव्यको पहिलो पदयात्रा तानसेनको भगवती मन्दिरदेखि वडा नं १२ को थाम्केडाँडासम्म भएको छ। नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनमा हरेक किसिमका पर्यटकीय गतिविधिका लागि उपयुक्त स्थान रहेकोले प्रचारप्रसार गरी पर्यटक भित्र्याउन पदयात्रा अभियान सञ्चालन गरिएको बताए। 

टोलीले साउन महिनामा प्रत्येक शनिबार तानसेनका सम्भावित पर्यटकीय स्थलहरूको पैदलयात्रा गर्ने एउटा–एउटा नयाँ गन्तव्यको खोजी गरिने नाट्टाका जिल्ला अध्यक्ष राजीव शाहले बताए। यो अभियानबाट तानसेनका ग्रामीण क्षेत्रका पर्यटकीय स्थलको पहिचान तथा प्रचारप्रसार हुने पर्यटनकर्मी मनमोहन श्रेष्ठले बताए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर