नेभिगेसन मेनु

वक्रकुण्ड पञ्चेश्वर धार्मिक तथा पर्यटन विकास समितिको वार्षिक उत्सव
सम्पादक:南亚网络电视
समय:2023-08-21 18:59

dhankuta-news-photo

धनकुटा, भदौ ४ गते । वक्रकुण्ड महादेव मन्दिरको आयोजनामा श्री वक्रकुण्ड पञ्चेश्वर धार्मिक तथा पर्यटन विकास समितिको १३ औं वार्षिक उत्सव समारोह तथा निःशुल्क स्वास्थ्य शिविरका साथमा नागपञ्चमी मेला सम्पन्न भएको छ । 

नेपाली सेना श्री नं.२ बाहीनी अड्डाको संयोजकत्वमा श्री भीमदल गण, सल्लेरी ब्यारेक धनकुटाको आयोजनामा वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । मन्दिरमा आउने भक्तजनहरुको स्वास्थ्यलाई मध्यनजर गदै औषधिसहितको निःशुल्क शिविर सञ्चालन गरिएको नं.२ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापाले जानकारी दिनुभयो । उहाँले वक्रकुण्ड मन्दिरको वार्षिक उत्सवको उद्घाटनका अवसरमा बोल्नुहुँदै विगतका दिनदेखि नै यस मन्दिर र मन्दिर परिसरको सरसफाई, भौतिक संरचना निर्माण गरि मन्दिरको साैन्दर्यकरण लगायतका काममा नेपाली सेनाले निरन्तरता दिँदै आएको हुँदा आगामी दिनमा समेत यस धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि  भूमिका निर्वाह गर्ने बताउनुभयो । 

धनकुटा नगरपालिका वडा नम्बर १ हिले बजार नजिकै रहेको उक्त मन्दिरमा अवस्थित ठुलो ढुङ्गामा एक सय ८ देवी देवताको आकृति रहेको हुनाले वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर प्रचुर धार्मिक पर्यटकीय सम्भावना बोकेको क्षेत्रका रुपमा विकास हुँदै गएको छ । मन्दिर क्षेत्रमा धेरै देवी देवताका प्राकृतिक मूर्ति छन् । 

वि.सं २०६७ साल साउन २९ गते विचित्र रुपमा नाग प्रकट भएको र केही समयपछि अलप भएपछि यस स्थानलाई संरक्षण गर्न थालिएको किम्वदन्ती छ । नागपञ्चमीका दिन नाग प्रकट भएको तथा अहिले पनि नागपञ्चमीका दिन दुई वटा नाग देखिने र सो दिन पानी पर्ने गरेका कारण पनि नागपञ्चमीका दिन यहाँ विशेष पूजापाठसहित धार्मिक मेला लाग्ने गरेको छ । 

यस मन्दिरमा समयसमयमा नेपाली सेनाले सरसफाइका साथै मूल गेट नेपाली सेनाले पुरात्तात्विक महत्व राख्ने इँटाको प्रयोग गरी निर्माण गरेको छ । भक्तजनहरुले चिताएको र मागेको पुग्ने विश्वास साथ मन्दिरमा पूजाअर्चनाका लागि धार्मिक पर्यटकहरु आउने गर्छन् । मन्दिर क्षेत्रमै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न अग्लो डाँडाबाट दृश्यावलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ । जहाँबाट माथिल्लो भागमा हिमाली शृङ्खलासहित वरपरका रमणीय पहाडी दृश्यहरु हेर्न सकिन्छ । वक्रकुण्ड पञ्चेश्वर मन्दिरमा नागपञ्चमी, रामनवमी, फागुपूर्णिमा लगायतका धार्मिक चाडपर्वमा विशेष पूजा र धार्मिक मेला लाग्ने गरेको छ । 

वक्रकुण्ड पञ्चेश्वर धार्मिक तथा पर्यटन विकास समिति अध्यक्ष लालचन गोग्वाको अध्यक्षता एवम् नं.२ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगरप्रमुख चिन्तन तामाङ, भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापासहित स्थानीय, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर