नेभिगेसन मेनु

दामन रिसोर्टकाे भाडा एक करोड रुपियाँ
सम्पादक:南亚网络电视
लेखक:गोर्खापत्र
समय:2023-08-10 13:28

sdbhs

मकवानपुरको थाहा नगरपालिकाले दामन रिसोर्टलाई भाडामा ठेक्का लगाएको छ । बिहीबार सूचना जारी गर्दै नगरपालिकाले २० वर्ष अवधिका लागि एक करोड रुपियाँमा ठेक्कामा लगाउने भएको हो । 

पर्यटकीय स्थलको रूपमा रहेको यस दामन क्षेत्र पछिल्लो समय निकै प्रख्यात बन्दै गएको छ । काठमाडौँ उपत्यकाबाट नजिकको दुरीमा रहेको यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेसँगै रिसोर्टलाई थप व्यवसायिक बनाउने लक्ष्यले नगरपालिकाले ठेक्कामा लगाउने निर्णय गरेको जनाएको छ । 

गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै नगरपालिकाले ३० दिनभित्र बोलपत्र आव्हान गर्न सूचना जारी गरेको हो । सूचनामा सम्झौतासँगै २५ प्रतिशत अर्थात् २५ लाख रकम बुझाउनु पर्ने छ भने पाँच वर्षमा पहिलो किस्ता बापतको ३० प्रतिशत रकम बुझाउनु पर्ने छ । त्यसपछि दोस्रो किस्ता बापत ३० प्रतिशत १२ वर्ष भित्रमा बुझाउनु पर्ने र बाँकी १५ प्रतिशत रकम १९ वर्ष भित्रमा चुक्ता गर्नु पर्ने जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर