नेभिगेसन मेनु

पर्यटन व्यवसायीमा लक्षित ६ महिने चिनीयाँ भाषा तालिम सम्पन्न, नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने अपेक्षा
सम्पादक:南亚网络电视
समय:2023-08-09 14:39

IMG_9250

कार्यक्रम पश्चात सामूहिक तस्बिर खिचाउन हुँदै उपस्थित भाषा विद्यार्थीहरू। तस्बिर - एस् ए टि भी

नेपाल स्थित चिनीयाँ दुतावासको आयोजना तथा नेपाल पर्यटन बोर्ड र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषदको सहआयोजनामा संचालित ६ महिने चिनीयाँ भाषा तालिम सम्पन्न भएको छ । नेपाली पर्यटन व्यवसायीको भाषिक क्षमता अभिवृद्धि तथा नेपाल आउने चिनियाँ पर्यटकसँग बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यले पाँचौं चिनियाँ भाषा तालीम आयोजना गरिएको थियो । तालिममा पर्यटन बोर्डका कर्मचारी सहित ४० जना पर्यटन व्यवसायीहरुको सहभागिता रहको थियो ।

IMG_9141

तालिम समापनका अवसरमा सहभागिलाई प्रमाणपत्र वितरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव भरतमणी सुवेदीले नेपाल र चीन बीच लामो समय देखि राजनीतिक,आर्थिक तथा सांस्कतिक सम्बन्ध रही आएको उल्लेख गर्दै यो तालिमले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि हुनुको साथै जनस्तरको सम्बन्धलाई समेत प्रगाढ बनाउने बताउनु भयो । उहाँले मन्त्रालयले पोखरा र भैरहवामा पनि चिनीयाँ भाषा तालिम संचालन गर्न लागिएको जानकारी दिँदै दुतावासबाट सहयोगको अपेक्षा गर्नुभयो ।

नेपाल स्थित चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ सिनले भाषा तालिमले भाषाको मात्र नभई चिनीयाँ कला संस्कृतिका बारेमा समेत जानकारी आदान प्रदान भएको बताउनु भयो । उहाँले पर्यटन बोर्डसंगको सहकार्यमा हालै पोखरामा आयोजित ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’ सम्पन्न भएको र त्यसबाट नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुगेको बताउँदै आउने दिनमा पनि सहकार्य जारी रहने बताउनु भयो ।

IMG_9222

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालमा चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार भएको उल्लेख गर्दै यस प्रकारका तालिमले नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताउनु भयो । उहाँले पर्यटन प्रर्वद्धनका लागि दुतावाससंगको सहकार्यमा विभिन्न कार्यक्रमहरु भइरहेको जानकारी दिँदै यो भाषा तालिमले नेपाली पर्यटन व्यवसायीहरुको क्षमता अभिवृद्धि हुने अपेक्षा गरेको बताउनु भयो । तालिम समापनका अवसरमा सहभागीहरुले विभिन्न चिनीयाँ नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर