नेभिगेसन मेनु

विद्युत महसुल नबुझाउने ग्राहक कालो सूचीमा
सम्पादक:南亚网络电视
समय:2023-08-21 15:40

Bidhut-Pradhikaran-Kly-Pic-ssmishra,-bara

कलैया, ४ भदौ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाले एक हजार ९७ जना सेवाग्राहीलाई कालो सूचीमा राखेको छ । जसमध्ये १४ जनाले भुक्तानी गरी पुनः विद्युत जडान गराएका छन् । 

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाका अनुसार अहिले पनि कालो सूचीमा रहेकाहरूबाट दुई करोड ६० लाख ८८ हजार ४८ रुपियाँ उठाउन बाँकी छ । 

जिल्लामा प्राधिकरणको कलैया, सिमरा र सिम्रौनगढगरी तीन वटा केन्द्रले अलगअलग एरियामा सेवा दिँदै आएको छ । त्यसमध्ये कलैया वितरण केन्द्रमा ६२ हजार २ सय २५ ग्राहक आबद्ध रहेका कार्यालय प्रमुख ऋषि कुमार वर्णवालले बताउनुभयो । “५८ हजार २ सय ६ जना ग्राहक रहेकोमा गत आर्थिक वर्ष २०७९-०८० मा ४ हजार १९ जना ग्राहक थप भएको छ, कलैया एरिया अन्तर्गत ९५.५ प्रतिशत विद्युतीकरण भएको छ,” उहाँले भन्नुभयो । 

आर्थिक वर्ष ०८० असार मसान्तसम्म ९५ करोड २५ लाख ८३ हजार ३३२ रुपियाँ पहिलेको विद्युत महसुल उठाउन बाँकी छ । ८ करोड ९६ लाख ९४ हजार ३२ युनिट विद्युत आयात गरेकोमा ५ करोड ९९ लाख ११ हजार ५११ युनिट विद्युत विक्री भएको र ३३.२ प्रतिशत विद्युत हस भएको प्रमुख वर्णवालले जानकारी दिनुभयो । 

५१ करोड ८६ लाख बराबरको विद्युत विक्री भएकोमा त्यसबापत ४७ करोड ५२ लाख रुपियाँ असुली भएको छ भने ४ करोड ३४ लाख रकम उठाउन बाँकी छ । विद्युत चोरीमा संलग्न रहेका दुई सय ६६ जनालाई पक्राउ गरिनुको साथै ३६५ वटा विभिन्न विद्युतीय उपकरणहरू नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडी बढाउँदा ३० लाख १९ हजार ८ सय ३१ रुपियाँ जरिवाना असुली गरिएको छ । उनीहरूले दुई लाख ४१ हजार युनिट विद्युत चोरी गरेको थियो । 

यसैगरी, सात करोड ४३ लाख ७१ हजार १३८ रुपियाँ विद्युत महसुल बाँकी राखेका एक हजार ११४ जना ग्राहकको लाइन काटिएपछि ८७३ जनाले तीन करोड ६० लाख १३ हजार ६९५ रुपियाँ तिरेर पुनः विद्युत जडान गराएको कार्यालयका सूचना अधिकारी एवम् लेखापाल राजीव कुमार साहले जानकारी दिनुभयो । उहाँका अनुसार गर्मी बढेसँगै विद्युत खपत बढेको छ, साथै विद्युत चोरी पनि बढेको छ । विद्युतीय भार बढेको कारण ६४ वटा ट्रान्सफर्मर जलेको छ, गतवर्ष ५३ वटा जलेको प्राधिकरणले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर