नेभिगेसन मेनु

नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन सुरु
सम्पादक:南亚网络电视
समय:2023-07-19 13:24

mansarobar

नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने कार्य सुरु भएको छ । न्यालु लेकको सडकमा जमेको हिउँ र पहिरो मेसिनबाट पन्छाउने कार्य पूरा भएपछि लाप्चाबाट दर्शन कार्य सुरु भएको हो ।

नाम्खा गाउँपालिका– ६ का वडा अध्यक्ष पाल्जोर तामाङले नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको धार्मिक पर्यटकबाट दूरदर्शन गर्ने कार्य सुरु भएको बताउनुभयो । यस वर्षको यसअघि न्यालु लेकमा जमेको हिउँका कारण बाहिरबाट पर्यटकहरु जान नसक्ने भएका कारण दर्शन गर्ने कार्य हुन सकेको थिएन । उहाँले न्यालुको सडक सुचारु भएसँगै आन्तरिक र बाह्य पर्यटकहरु लाप्चा पुगेर दर्शन गर्ने कार्य सुरु भएको बताउनुभयो ।

अध्यक्ष तामाङले हालसम्म आन्तरिक बाह्य गरी पाँच समूहका ४० जनाले न्यालुबाट मानसरोवर कैलाशको दूरदर्शन गरिसकेको जानकारी दिनुभयो । यसमा तीन बाह्य र दुई आन्तरिक पर्यटकको समूहले दर्शन गरेको उहाँको भनाइ छ ।

लाप्चा क्षेत्रको पाँच हजार मिटर अग्लो स्थानबाट मानसरोवर कैलाशको एक साथ दूरदर्शन गरिन्छ । अध्यक्ष तामाङले यसवर्ष भर्खर बाटो सूचारु भएका कारण पर्यटकहरु सम्पर्कमा आउने क्रम जारी रहेको र सङ्ख्यामा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

गत साल सद्गुरुसहित एक हजार १७६  धार्मिक पर्यटकले दर्शन गरेका थिए । यसरी लाप्चा क्षेत्रबाट छ वर्षदेखि बाह्य पर्यटकले दर्शन गर्दै भएका हुन् । यसअघि प्रचारको अभावमा हुम्लावासीले मात्र दर्शन गर्दै आएका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर