नेभिगेसन मेनु

पर्यटन मन्त्रालयका लागि छुट्याइएको बजेटप्रति मन्त्री किरातीको असन्तुष्टि
सम्पादक:南亚网络电视
समय:2023-06-27 15:17

sudan-ink1687773240

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले आगामी आर्थिक वर्षका लागि छुट्याएको मन्त्रालयगत बजेटप्रति असन्तुष्टि जनाएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री किरातीले माग गरिएको भन्दा ४५ प्रतिशत कम बजेट प्राप्त भएको भन्दै असन्तुष्टि जनाएको हुन्। 

त्यसकारण धेरै योजनाहरू छुटेको मन्त्री किरातीले जानकारी दिए। ‘सबैको चित्त प्रशन्न बनाउनै सकिएन। बाटो छोडेर, छलेर हिँड्नुपर्ने स्थिति छ, मन्त्रीको,’  उनले भने,’स्वभाविक रुपमा बजेट असन्तुलन हुन गएको छ।‘

उनले सांसदहरूको मागलाई लिपिवद्ध गरेर सम्बन्धित मन्त्रालयमा पठाएपनि बजेट कम हुँदा सम्बोधन हुन नसकेको भन्दै सदनमा माफी समेत मागे।

उनले थोरै बजेटमा पनि सकभर देशभर सञ्चालन हुनेगरी बढीभन्दा बढी कार्यक्रमहरू समावेश गरिएको जानकारी दिए।

त्यस्तै प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पुर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको उनले बताए।

सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड छुट्याएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर